धनगढी—अम्किेश्वरी मल्टि यातायाताय प्रालि नेपालगन्जले कैलालीको धनगढीमा नयाँ शाखा बिस्तार गरेको छ । दुई साता अगाडि एक औपचारिक कार्यक्रम गरी शाखा बिस्तार गरेर सेवा दिन लागेको प्रा.लिका अध्यक्ष भद्र बहादुर ओलीले बताए । छिमेकी मुलक भारतको बिभिन्न ठाउँमा कामकाजले जाने नेपालीहरुलाई सुरक्षित यात्रा गराउने प्रालिको उदेश्य छ । प्रालिले नयाँ शाखा धनगढी उपमहानगरपालिका २ मिलन चोकमास्थापना गरेको हो । भारत जाने र आउने नेपालीहरु वीचमा एकआपसमा ठगिने र लुटिने क्रम बढेपछि उक्त लुटपाटको घट्नमा कमी ल्याउन र सुरक्षित यात्रा गराउनका लागि सेवा बिस्तार गरेको प्रालिले जनाएको छ ।
सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वाकीय सचिव शिवसिंह ओली र धनगढी उपमहानगरपालिका २ का वडाध्यक्ष नरबहादुर बमले रिबन काटेर संयुक्त रुपमा उद्घाटन गरेका थिए । स्वाकीय सचिव ओलीले प्रालिलाई प्रदेश सरकारको तर्पmबाट अवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउदै सुरक्षित सेवा दिनका लागि आग्रह गरे । त्यस्तै वडा अध्यक्ष बमले यातायात प्रालिको सफलताको कामना गर्दै अवश्यक परेको समयमा सहयोग गर्ने बताए । यातायाता प्रालिका अनुसार यात्रुको सुविधालाई पहिलो प्राथमिकतामा राखेर सेवा सुरु गरिएको हो । यात्रुको माग अनुसार खाना खुवाउने, कोरोना संक्रमणलाई मध्यनजर गरि एक सिटमा एक जनामात्र बस्ने ब्यवस्था मिलाइएको यातायात प्रालिका अध्यक्ष ओलीले बताए । यात्रुलाई भगवानको रुपमा लिइने बताउँदै उनले यात्रुको सन्तुष्टि नै यातायात प्रालिको धर्म भएको बताए । त्रिनगर नाकाको गौरीफन्टाबाट चण्डीगढ, लुढियाना, अमृत शहर, जालन्धर, हिमाञ्चल, सिम्ला, जम्मु, लेदाक, पञ्जाव, हरियाना लगायत शहरका लागि सेवा दिन धनगढीमा शाखा कार्यालय स्थापना गरिएको छ । अन्य यातायात सेवाको तुलनामा अम्बिकेश्वरी यातायातले सस्तो दरमा गन्तब्यमा पुर्याउने प्रालिले जनाएको छ ।