बर्दिया— बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दीपा गौतमलाई कोरोना संक्रमण भएको छ । लक्षण देखिएपछि कोरोना जाँच गराउदा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । हाल होम आइसोलेसनमा बसिरहेको उनले बताईन । कोरोना संक्रमण भए पनि उनको स्वास्थ्य अवस्था समान्य छ । गाउँपालिकाको उपाध्यक्षको हैसियत्ले उनी रातदिन अग्रपंक्तिमा रहेर काम गर्दै आइकी थिइन । दस्ताबेज संग कुरा गर्दै उनले भनिन्,(मेरो अवस्था समान्य छ । म अहिले घरमै अइसोलेसनमा बसेर अराम गरिरहेको छु । ) कोरोनाबाट जोगिनाका लागि सबैले सबधानी अपनाउनु पर्ने उनले आग्रह समेत गरिन् ।