काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाम १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यो संगै हाल नेपालमा संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । त्यसैगरी २४ घण्टामा २ हजार ९८१ जना कोरोना संक्रमणबाट निको भएर फर्केको मन्त्रालयले जनाएको छ । निको हुनेको संख्या १ लाख २१ हजार ८२४ संख्या पुग्यो ।