बाँकेमा आज ३६ जना कोरोना संक्रमित थपिएका छन् । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गरिएको परिक्षणमा २८ जना र बागेश्वरी डाइग्नोष्टिक ल्याबमा ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । यो संगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ३ हजार ४० पुगेको छ । हालसम्म २ हजार ६ सय ७८ जना निको हुँदा ३० जनाको मृत्यु भएको छ । अहिले ३ सय ३२ जना आइसोलेसनमा छन् ।