आईपीएलमा मुम्बई इन्डियन्स विजयी - Dastabej

आईपीएलमा मुम्बई इन्डियन्स विजयी


  • सुनिल रेग्मी

  • इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा मुम्बई इन्डियन्स विजयी भएको छ । गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लाेरलाई ५ विकेटले पराजित गरेको मुम्बई प्ले अफ नजिक पुगेको छ । मुम्बईको १६ अंक भएको छ ।

    १६५ रनको लक्ष्य मुम्बईले ५ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गरेको थियो । मुम्बईको जितमा सूर्यकुमार यादवले नटआउट अर्धशतकीय पारी खेले । उनी ७९ रनमा नट आउट रहँदा ४३ बल फेस गरेका थिए । १० चौका र तीन छक्का प्रहार गरे ।

    इशान किसनले २५ रन जोड्दा क्वीन्ट डीकक १८ र हार्दिक पाण्डेय १७ रनमा पभेलियन फर्किए । युजबेन्द्र चहल र मोहम्मद सिराजले समान दुई/दुई विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको बेङ्ग्लाेरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६४ रन बनायो ।

    बेङ्ग्लाेरका लागि देवदत्त पडिक्कले अर्धशतकीय पारी खेलेका थिए । पहिलो विकेटका लागि जोश फिलिप र पडिक्कलबीच ७१ रनको साझेदारी भएको थियो । फिलिप व्यक्तिगत ३३ रन बनाएर आउट हुँदा २४ बल फेस गरेका थिए ।

    उनले एक छक्का र चार चौका प्रहार गरेका थिए । यस्तै दोस्रो विकेटको रुपमा कप्तान विराट कोहली आउट भए । उनले दोहोरो अंकमा रन बनाउन सकेनन् । ९ रन बनाएका कोहलीले १४ बल फेस गरेका थिए । कोहली आउट हुँदा २-९५ स्कोर रहेको थियो । त्यसपछि पडिक्कल र एभी डिभिलियर्सले पारि अघि बढाएका थिए । एबी १२ बलमा १५ रन बनाएर आउट भए । उनले एक छक्का र एक चौका प्रहार गरेका थिए ।

    एबी आउट हुँदा बेङ्ग्लाेरको स्कोर ३-१३१ रन रहेको थियो । शिवम् दुवे व्यक्तिगत दुई रन बनाएर आउट हुँदा ४-१३४ स्कोर थियो । त्यही स्कोरमा देवदत्त पड्क्किल पनि आउट भए । उनी अर्धशतकीय पारी खेल्दै पभेलियन फर्किए । पडिक्कले ४५ बलमा ७४ रन बनाएर पभेलियन फर्किएका हुन् । उनले एक छक्का र १२ चौका प्रहार गरेका थिए ।

    छैठाैं विकेटको रुपमा क्रिस मोरिस ४ रन जोडेर आउट भएका थिए । अन्तिममा गुरकित सिंह र वासिङ्टन सुन्दरले २६ रनको साझेदारी गर्दै बेङ्ग्लाेरको स्कोर १६४ रन पुर्‍याएका थिए । गुरकित १४ तथा सुन्दर १० रनमा नट आउट रहे ।

  • १३ कार्तिक २०७७, बिहीबार ०७:१० प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा