बर्दिया—नेपालमा रेललाई लिएर बहस जारी छ । पुर्बपश्चिम रेल सन्चालनका लागि सरकारी कसरत भएको धेरै भएको छैन । सरकारले रेल विभाग गठन गरी डिपीआरसम्म तयार गरेको छ । तर बर्दियाको मधुवन नगरपालिका, गेरुवा गाउँपालिका र ठाकुरबाबा नगरपालिका हुँँदै हाल बर्दिया राष्ट्रिय निकुन्जमा पर्ने दनुवातालसम्म डेढ सय वर्षअघि रेल सन्चालन भएको तथ्य खुलेको छ । भारतमा राज्य गरिरहेको तत्कालिन ब्रिटिस इस्टइन्डिया सरकारले रेल सन्चालन गरेको हो । भारतको निशानगढबाट मधुवन, गेरुवा हुँदै ठाकुरबाबा ५ गोबिन्दपुर गाउँ छेउबाटै रेल चल्थ्यो । कोइलाको इन्धनले रेल चल्थ्यो । त्यति बेला रेल सन्चालनका लागि बनाइएको लिक हाल सडककारुपमा प्रयोग भइरहेको छ । सर्वसाधारणहरु मोटरसाईक र साईकलमा आउजाउ गर्छन । रेलको चल्ने फलामको लिक र काठको पटरा हाल हराई सकेको छ । तर लिकका लागि बिछ्छाइएको ग्रायभल अझै छ । ‘रेलै चलेको मैले देखिन । तर बाजेहरुले हाम्रै गाउको पश्चिम छेउबाटै रेल चल्ने गरेको सुनाउनु हुन्थ्यो,’ ठाकुरबाबा नगरपालिका वडा न. ५ का गोबिन्दपुरका बिरबहादुर कुसमा भन्छन्,‘नेपालमा रेल आउने कुरा अझै निश्चित भइसकेको छैन । तर हाम्रो गाउ“मा उहिले नै रेल चल्थ्यो ।’ अंग्रेजहरुले बर्दियाको जंगलबाट इन्धनका लागि कोइला बनाउन र रेललका पटरीका लागि लागि काठ बोक्न रेल चलाएका थिए । उक्त क्षेत्रमा हालसम्म पनि सालको घनघोर जंगल छ । गाउँ र जंगल हुँदै सिधा रेलको लिक निमार्ण गरिएको थियो । रेल निमार्ण गरिएको सडकमा हालसम्म रुखबिरुवा उम्रेको छैन । गोबिन्दपुर गाउँदेखि पश्चिम तर्फ रहेको ओरहीखोलासम्म पनि रेल चल्थ्यो । रेलको इन्जन तातिएपछि खोलाबाट पानी ल्याउनका लागि लिक तयार पारिएको थियो । ‘हाम्रा बाजेहरुको पालोमा गाउँ भएर रेल चल्यो । हामीले देख्न पाएका छैनौ । अबको सरकारले रेल ल्याउछु भन्छ तर देख्न पाउने हो कि होईन थाह छैन,’ कुसमा भन्छन्,‘तर बर्दियाका लागि भने रेल नयाँ कुरा होईन रहेछ ।’
रेल चल्नुअघि बर्दिया नयाँ मुलुक भइसकेको थिएन । सन १८६० नोभेम्बर १५ मा नेपाल—भारत सीमा छुट्याउन दशगजा कोरिएपछि बर्दिया नेपाल तर्फ आयो । तर अंग्रेजहरुले त्यसअघि नै रेल बन्द गरिसकेको पुर्खाहरुले सुनाउने गरेको स्थानीय बताउछन् । गोबिन्दपुरमा स्थानीय जिवनकुमार चौधरीले रेलको किस्सा अझै पनि गाउँमा सुनाउने गरिएको बताए । उनले रेलको बाटो भएर मधुवनको ओराली बजारसम्म स्थानीय पुग्ने गरेका छन् । ‘रेलको लिकको रुपमा प्रयोग गरिएको फलाम पुरिसकेको छ । रेल बन्द भएपछि लिकहरु भत्किसकेको छ,’ उनले भने,‘मर्मत सम्हार गर्ने हो भने स्थानीयलाई आउजाउ गर्न निकै सहज पुग्ने छ ।’
त्यसो त पुर्बपश्चिम रेल सन्चालनका लागि बाँके र बर्दियामा महेन्द्र राजमार्गबाट दुईदेखि तीन किलो मिटर दक्षिणबाट रेल मार्ग निमार्णको डिपीआर बनाइएको छ । पुर्बपश्चि महेन्द्र राजमार्गदेखि उत्तर तर्फ पर्ने बाँके र बर्दिया राष्ट्रिय निकुन्जमा प्राकृतिक क्षति रोक्न दक्षिण तर्फ सारिएको हो । बिस्तृत परियोजना रिर्पोट (डिपीआर) रेल विभागमा बुझाइएको छ । बुटवल—लम्ही, बाँकेको कोहलपुरदेखि बर्दिया हुँदै सदुरपश्चिमका सुख्खदसम्मको डिपीआर चाईना रेलवे सेवा कम्पनीले तयार परेको हो । लम्हीदेखि पश्चिम तर्फ रेल मार्ग निमार्ण गर्दा दुबै निकुन्जमा हुन सक्ने ठूलो क्षति र दिर्घकालिन पार्ने असर बारे बिस्तृत छलफल गरियो । रेल विभागमा पेश गरिएको डिपीआर अनुसार पुर्बपश्चिम रेल मार्ग महेन्द्र राजमार्ग र हुलाकी राजमार्गको बीच भागमा निमार्ण हुने देखिएको छ । दुई दशकमा चार हजार किलोमिटर रेल संजाल निर्माण गर्ने लक्ष्य छ । आगामी ५ वर्षभित्र ७ सय ५० किलो मिटर रेल संजाल निर्माण गर्ने रेल विभागका अधिकारीले बताए । पूर्व पश्चिम मेची–महाकाली, काठमाण्डौ–पोखरा–तराई, काठमाण्डौ–तराई, लगायतका दक्षिण सीमा भारतीय बोर्डरबाट महत्वपूर्ण औद्योगिक, व्यापारिक शहर र प्रादेशिक प्रशासनिक केन्दहरुलाई रेल सन्जालसंग जोड्ने लक्ष्य छ । तर बर्दियामा भने डेढ सय बर्षअघि नै रेल सन्चालन भइसकेको पाइएको छ ।