काठमाडौँ — पछिल्लो २४ घण्टामा बिहीबारसम्म थप २ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै नेपालमा १ लाख ६४ हजार ७१८ संक्रमितको संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी २४ घण्टामा ३ हजार ३८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ९५२ पुगेको छ ।