मोहम्मद डेमा नरैनापुर गाउँपालिकाले दियो सार्वजनिक विदा - Dastabej

मोहम्मद डेमा नरैनापुर गाउँपालिकाले दियो सार्वजनिक विदा


  • सुनिल रेग्मी

  • बाँकेको नरैनापुर गाउँपालिकाले मोहम्मद डेमा सार्वजनिक विदा दिएको छ । भोलि (शुक्रबार) कार्तिक १४ गते परेको इस्लाम धर्माबलम्बीहरुले धुमधामका साथ मनाउने मोहम्मद डेका अवसरमा सार्वजनिक विदा दिइएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तिलाई इस्लाम धर्माबलम्बीहरुले धुमधामका साथ मनाउने गर्दछन् । गाउँपालिकाका अध्यक्ष शाहले एक शुभकामना सन्देश दिँदै भन्नुभएको छ, “विश्वलाई शान्ति र अहिंसाको बाटोमा लान मोहम्मद हजरत पैगम्बरको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गदछौं ।” स्थानीय तहले आवश्यकता अनुसार स्थानीय विदा दिन सक्ने व्यवस्था अनुसार मोहम्मद डेका अवसरमा शुक्रवार नरैनापुर गाउँपालिकामा सार्वजनिक विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले बताउनुभयो । गाउँपालिकाले गत बर्ष पनि सार्वजनिक विदा दिएको थियो । नरैनापुर मुस्लिम समुदायको बाक्लो बसोबास रहेको क्षेत्र हो ।

  • १३ कार्तिक २०७७, बिहीबार १९:३२ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा