सरकारी अनुदानमा पनि ठगिदै किसान - Dastabej

सरकारी अनुदानमा पनि ठगिदै किसान

सरकारले धानन खरिद गर्ने सहकारीलाई प्रति क्विन्टल ११२ रुपैयाँ अनुदान दिदै


  • शम्भु चौधरी

  • नेपालगन्ज— सरकारले किसानहरुलाई धानको राम्रो मुल्य दिन अनुदानको व्यवस्था गर्यो । सहकारीहरुले अनुदान पाउने गरी धान्न किन्नका लागिर निर्देशिका जारी गरिसकेको छ । तर सरकारी अनुदान पाउने सहकारीहरुले खरिद गर्ने धानमा पनि किसान मारमा परेका छन् । किसानहरुले सहकारीमा बित्रली गर्दा राम्रो मुल्य नपाएको गुनासो गरेका छन् । सरकारले सहकारी मोटा धान २ हजार ७ सय ३५ र मध्यम धान २ हजार ८ सय ८५ रुपैयाँ प्रति क्विन्टल मुल्य तोकेको छ । त्यसरी सहकारीहरुले खरिद गरेको अनुपातमा सरकारले प्रति क्विन्टल १ सय १२ रुपैयाँ अनुदान दिने । तर सरकारले तोकिएको मुल्यमा धान खरिद गर्न भने पनि सहकारीहरुले बिभिन्न बहाना देखाएर मनोमानी तरिकाले धान खरिद गरिरहेको बर्दिया बढैयाताल ४ का किसान बुधन थारुले बताए । धान खरिद तथा व्यवस्थापन निर्देशिकामा १८ प्रतिशतसम्म चिस्यान भएको धानलाई सरकारले तोकेको समर्थन मुल्यमा खरिद गर्नुपर्छ । सो भन्दा बढी चिस्यान भएमा १ प्रतिशतको १२ सय ग्रामका दरले तौल घटाएर मुल्य निर्धारण गर्नु पर्ने छ । तर चिस्यान बढी भएको कारण देखाउदै सहकारीहरुले आफुहरुको राम्रो धान पनि कम मुल्यमा खरिद गर्ने गरेको किसानहरुको गुनासो छ ।
    हाल बाँके र बर्दियामा सहकारी संस्थाहरुले धान खरिद गर्न सुरु गरिसकेका छन् । लुम्बिनी प्रदेश तथा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुबेदीले सरकारले तोकेको न्युनतम समर्थन मुल्यमा सहकारी संस्थाहरुले धान खरिद गरिरहेको बताए । तर सहकारीहरुले भने मोटा धान २ हजार ४ सय ५० र मध्यम धान २ हजार ६ सय रुपैयाँ प्रति क्विन्टलमा खरिद गरिरहेको किसानहरुले गुनासो गरेका छन् । सरकारले तोकेको मुल्यमा सहकारी संस्थाहरुले धान खरिद गर्नु पर्ने धान खरिद तथा व्यवस्थापन निर्देशिकामा उल्लेख छ । तरे निर्देशिकाको कार्यान्वयन नभएको बाँके खजुरा २ सितापुरका अगुवा किसान लालबहादुर खत्रीले बताए । धानमा चिस्यान बढी भएको बहाना देखाएर धानको मुल्य पनि घटाउने र सरकारको अनुदान पनि खाने सहाकारीको निति गतिलो नभएको आरोप खत्रीले लगाए । यो वर्ष धान छिटै पाकेर तयार भइसकेकाले चिस्यान कम भएको उनले जनाए ।
    एभरेष्ट कृषि सहकारी संस्था बैजानाथ ६ सम्झाना चोकका अध्यक्ष देबबहादुर केसीले ७ हजार क्विन्टल धान खरिद गरिसकेको बताए । १४ प्रतिशतसम्म चिस्यान भएको धानको न्युनतम समर्थन मुल्यमा खरिद गरिरहेको उनले बताए । सो भन्दा बढी प्रतिशत चिस्यान भएमा चिस्यानको मुल्य काटेर मुल्य निर्धारण गर्ने गरेको सहकारीले जनाएको छ । हालसम्म १४ प्रतिशत भन्दा कम चिस्यान भएको धान नआएको सहकारीले दाबी गरेको छ । सहकारी सन्चालकहरुका अनुसार मोटा र माध्यम धान छुट्याउन नसकिने भएकाले हाइब्रिड धान पनि मोटा धानको मुल्यमा खरिद गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका गुणस्तर नियन्त्रण अधिकृत सुजन सपकोटाका अनुसार लामो दाना भएको हाइब्रिड माध्यम जातको धान र सानो दाना भएको हाइब्रिड जातको मोटा धान भएकाले सोही अनुसार खरिद सहकारीहरुले गर्नुपर्ने छ । यस्तै साना किसान सहाकारी संस्था बढैयाताल ८ कण्ठपुरका अध्यक्ष हरी अधिकारीले मोटा धान २ हजार ४ सय ५० रुपैयाँ प्रति क्विन्टल खरिद गरिरहेको बताए । गोदाम भाडालगायतका अवश्यक खर्च आपैmले बेहोर्नु पर्ने भएकाले तोकिएको मुल्यमा खरिद गर्न नसकेको उनको तर्क छ । सरकारले सहकारीहरुलाई धान खरिद गर्ने अनुमति दिए पनि खरिद गरिएको धानको सरकारले कुनै ग्यारेन्टी नलिएकाले कम मुल्यमा धान खरिद गरिरहेको कतिपय सहकारीले जनाएका छन् । बाँके र बर्दियामा धान खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडले धान खरिद गर्न ढिलाई गरेकाले सहकारी र व्यपारीहरुको मनोमानी भएको हो । कम्पनीले दीपवलीपछि धान खरिद गर्ने जनाएको छ ।

  • १४ कार्तिक २०७७, शुक्रबार ०७:४५ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता