नेपालगन्ज— बाँकेमा शुक्रबार ७४ जनाले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्तिहरुका अनुसार हालसम्म २ हजाुर ७ सय ८६ जनाले कोरोना जितिसकेका छन् । २ सय ६१ जना अझै आईसोलेसनमा छन् । ३० जनाको मृत्यु भइसकेको छ । हालसम्म् ३ हजार ७७ जना संक्रमित भइसकेका छन् ।