आईपीएलमा चेन्नईले कोलकतालाई हरायो, मुम्बई प्ले अफमा पुग्ने पहिलो टिम – Dastabej

आईपीएलमा चेन्नईले कोलकतालाई हरायो, मुम्बई प्ले अफमा पुग्ने पहिलो टिम


  • सुनिल रेग्मी

  •  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्स प्ले अफमा पुग्ने पहिलो टिम बनेको छ ।

    यूएईमा राति भएको खेलमा चेन्नई सुपर किङ्ग्सले कोलकता नाइट राइडर्सलाई हराएसँगै मुम्बई प्ले अफमा पुगेको हो । चेन्नईले कोलकतालाई ६ विकेटले पराजित गरेको हो । कोलकताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

    तालिकाको पुछारमा रहेको चेन्नईले कोलकतालाई हराएपछि शीर्ष स्थानको मुम्बई प्ले अफ पुग्ने पहिलो टिम बनेको हो । मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ । मुम्बई तालिकाको शीर्ष स्थानमा रहेको छ । अब बाँकी रहेका २ खेल गुमाए पनि मुम्बई शीर्ष चारमा रहनेछ ।

    तालिकाको दोस्रो स्थानको रोयल च्यालेन्जर्स बेङ्ग्लाेर र तेस्रो स्थानको दिल्ली क्यापिटल्सले १२ खेलमा १४ अंक जोडेका छन् । यस्तै चौंथो स्थानको किङ्ग्स इलाभेन पन्जाब र पाँचौ स्थानमा रहेको कोलकताको समेत सम्भावना छ । पन्जाब र कोलकताले १२ खेलमा समान १२/१२ अंक जोडेका छन् ।

    सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सको पनि प्ले अफमा पुग्ने सम्भावना रहेको छ । दुबैले १०/१० अंक जोडेका छन् । चेन्नई आईपीएलमा पहिलो पटक प्ले अफ पुग्न नसकेको हो । यूएईमा आईपीएलको १३ औं संस्करण चलिरहेको छ ।

  • १४ कार्तिक २०७७, शुक्रबार ०८:१० प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश