कारोनाको कहरमा पनि नेपालगन्जका मुस्लिम समुदायले शुक्रबार इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव (मोहम्मद डे) मनाएका छन् । ‘मोहम्मद डे को अवसरमा र्याली गरिएको छ । मोहम्मदको जन्म इस्वी सम्वत् ५७१ अप्रिल २० अर्थात् इस्लामी पात्रो हिजरी सम्वतको १२ रब्बी औव्वलमा साउदी अरबको मक्कामा भएको थियो । बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट उनको जन्म भएको थियो ।
उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो ।तर मोहम्मद डे मनाउने क्रममा सामाजिक दुरी कायम हुन सकेन । सर्तकता अपनाइएन । सयौंको भिड हुँदा कोरोना संक्रमणको बढ्ने अनुमान गरिएको छ । यसअघि हिन्दु समुदायले दसैंको दुर्गाको मुर्ति विर्सजन गर्न जाने क्रमा मास्कसमेत नलगाएका थिएनन् ।