नेपालगन्ज— ५५ वर्षीय मानबहादुर थारुको आधाभन्दा बढी जीवन कमैयामै बित्यो । करिव ३० वर्षसम्म उनी लगातर कमैया रहे । दांगको डोरवा गाउँका उनी १३ वर्षकै उमेरदेखि कमैया बसेका थिए । थुप्रै जमिन्दारलाई झेले । वर्षभरीको पारिश्रमिक तीन÷चार मुरी धान पाउँथे । जमिन्दारकहाँ काम गर्न कम्ति दुव्र्यबहार खेप्न परेन । बिहान तीन÷चार वजे उठ्थे । राति सात÷आठ वजेसम्म काम गर्नु प¥थ्यो । तर पनि जमिन्दारको टोकाई खानु प¥थ्यो । दिनभरीका थकान र जमिन्दारको कटुबचनले मन रुन्थ्यो । ‘तर पनि सबै सह्नु पर्ने बाध्यता थियो । खेति गर्ने कुनै जग्गा थिएन । त्यतिबेला मजदुरी गर्ने चलन पनि थिएन । जमिन्दारको घरमा बेगारी गर्ने परम्परा थियो,’ जमिन्दारबाट सताइएर भागेर बर्दिया बढैयाताल गाउाँलिका ५ फुलवारी आएका थारु भन्छन्,‘कमैया बस्दा सहेको दुव्र्यहारको कुरै नगर्नुस । रातदिन काम गरे पनि जमिन्दारले सधै सताईरहन्थे ।’
उनले त्यस क्षेत्रमा मचगैया जमिन्दारको जमिन्दारी थियो । थारुहरु उनको घरमा कमैया बस्थे । एक दिन पनि छुट्टी पाईदैन्थ्यो । कमैया बसेर पाएको अन्नले परिवार पाल्नु पर्ने बाध्यता थियो । श्रीमति, छोराछोरी पनि जमिन्दारकै घरमा काम गर्न जानु पर्ने बाध्यता थियो । जमिन्दारको अत्याचार सहन नसकेर २०२८ सालतिर कमैया छोडेर बुढाना (बर्दिया, कैलालीतिर भाग्ने चलन बढेको थियो । ‘जमिन्दारहरुको शोषण र ऋणबाट जोगिन दांगबाट भाग्ने क्रम त्यहीबाट सुरु भएको हो । आफू जन्मेको गाउँ छोड्न कसलाई रहर हुन्छ र । तर हामी कमैयाहरु पूरा परिवारसाथ भाग्नु प¥यो,’ उनले विगत सम्झिदै भने,‘बहुत धेरै अन्याय अत्याचार सह्नु प¥यो । थातथलो पनि छोडेर बर्दिया आयौं ।’
अन्याय अति भएपछि जमिन्दार गोपालप्रसाद मचगैयालाई कुटेर धनगढी भागेको घटना अझै बिर्सेका छैनन् । भएको के रहेछ भने भैंसी चराउने कमैया बिरामी परेछन् । जमिन्दारले मानबहादुरलाई दुध दुहन लगाए । अपरित भएका कारण भैसी बिच्कियो । दुध दिएन । जमिन्दारको रिसको सीमा भएन । दुध पनि दुहन आउदैन भनेर गालीगलोज गरे । उनले भैसी बिच्किएका कारण दुध नदिएको बिन्ती गरे । तर जमिन्दारले दुध जसरी पनि चाहियो भने । ‘त्यति धेरै प्रयास गर्दा पनि गाली गरेपछि मेरो पनि रिसको पारो चढ्यो । तयाई आफै दुहुनस भनेर जवाफ फर्काई दिए । मैले नै दुहुनु थियो भने साले तलाई किन राखेको भनेर फेरि गाली ग¥यो,’ उनले जमिन्दार कुटेको प्रसग कोट्याउदा हाँस्दै भने,‘रिसले रनथनिएको म जमिन्दारको हात पछाडिबाट समाते । बहुत जोरले पटके । अनि एकदुई घुस्सा लगाई दिए ।’ कुटपिटपछि जमिन्दार जोगिन भाग्नु प¥यो । तीन दिन हिडेर बाँकेको फत्तेपुर आई पुगे । एक रात नेपालगन्जमा बास बसे । अनि लागे भारतरको रुपैडिहा बजार । भारतको बहराईचबाट रेलमा चढेर पलिया हु“दै धनगढी पुुगेको उनले सुनाए । लामो समयपछि फेरि दांग फर्किए । जमिन्दारका छोराछोरी घोडा चढेर उनको घरमै पुगेर धम्काउथे । बुबालाई पिट्ने तलाई छोड्दैनौ भन्थे रे । ‘त्यसपछि कहिल्यै नफर्किने गरी परिवारसहित बाँके भागेर आए । बासस्थान खोज्दै हाल बर्दिया छु । कमैया मुक्ति भइसक्यो,’ उनले भने ।