लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन स्थायी राजधानी दाङमा तोकियो - Dastabej

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन स्थायी राजधानी दाङमा तोकियो


  • दस्तावेज

  •  

     

    दाङ — लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन स्थायी राजधानी दाङमा तोकिएको छ । हिउँदे अधिवेशनको तयारीकालागि प्रदेश सभामुख पूर्ण घर्ती, उपसभामुख कृृष्णी थारू र आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी सहितको टोलीले दाङदेउखुरीमानिरीक्षण गरेका छन् ।
    स्थायी राजधानी दाङका देउखुरीमा तोकिएसंगै हिउँदे अधिवेशनको सोहि ठाउँमा राख्न तयारी गरिएको स्रोतले जनाएको छ । त्यसैको लागि शुक्रबार लालमटियास्थित विभिन्न क्षेत्रमा निरिक्षण गरिएको हो । उक्त टोलीले राप्ती प्राविधिक शिक्षालयलको परिसरमा संसद बैठक सञ्चालन गर्न सकिने निष्कर्ष निकालेकोथियो ।

    सभामुख पूर्ण घर्तीले देउखरीमा हिउदे अधिवेशन बसानउके कुनै समस्या नरहेको बताउदै सरकारले निर्णय गरेमा देउखुरीमा हिउँदे अधिवेशन गर्न सकिने जानकारी दिए । ‘अब स्थायी राजधानी बनाउने निर्णय भए संगै यसको कार्यान्वयनका लागि पनि हामी सवैले लाग्न जरुरी छ, उनले भने,(‘सवैको सहयोग साथ भएमा आगामी हिउँदे अधिवेशन देउखुरीमा हुनेमा आफु ढुक्क छु ।’

  • १५ कार्तिक २०७७, शनिबार १४:०८ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा