२५० क्विन्टल चामलसहित ट्रक नियन्त्रणमा - Dastabej

२५० क्विन्टल चामलसहित ट्रक नियन्त्रणमा

खाद्य संस्थानको चामल बिक्री गर्न लगिएको शंका


  • दस्तावेज

  • कलेन्द्र सेजुवाल (ईकान्तिपुरबाट सभार )
    सुर्खेत — सुर्खेतबाट बाहिर ढुवानी हुँदै गरेको शंकास्पद खाद्यान्न बिहीबार सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ । खाद्य संस्थानको चामल बिक्री गर्न लागिएको आशंकामा सुब्बाकुनाबाट सुर्खेत प्रहरीले ट्रकसहित चामल नियन्त्रणमा लिएको हो । उक्त चामल ट्रकबाट भक्तपुर लैजान लागिएको थियो । जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र भट्टका अनुसार ट्रकमा २ सय ५० क्विन्टल चामल रहेको छ ।
    वीरेन्द्रनगरको दुर्गा भगवती सप्लायर्सले भक्तपुरको अजय सप्लायर्सको नाममा बिल बनाएको छ । प्रतिकेजी ४२ रूपैयाँको दरले बिल काटिएको छ । दुर्गा भवानी नेपाल खाद्य संस्थानको खाद्यान्न ढुवानीकर्ता व्यापारिक फर्म हो । वासुदेव शर्माको स्वामित्वको सप्लायर्सले कर्णालीको हिमाली जिल्लामा ढुवानीको जिम्मा लिएको छ । संस्थानको चामल बेच्न लगिएको शंका गरिएकाले ट्रकसहित चामल बरामद गरिएको एसपी भट्टले बताए । प्रहरीले सप्लायर्सको वीरेन्द्रनगरस्थित गोदामसमेत सिल गरिएको उनको भनाइ छ । ’सामान्यतया सुर्खेतबाट बाहिर खाद्यान्न ढुवानी हुँदैन, यति ठूलो परिणाममा बाहिर लग्न खोजिनु शंकास्पद छ,’ उनले भने, ’यो चामल सरकारी हो वा होइन भन्ने अनुसन्धानले खुलाउला ।’

  • १५ कार्तिक २०७७, शनिबार १६:३४ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ