रुकुम जिल्लाको चौरजहारी नगरपालिकाले शनिबारदेखि ५ शैयाको अस्पताल सञ्चालनमा ल्याएको । नगरपालिकाको चिन्नेबगरमा शहीद स्मृति नगर अस्पताल सञ्चालन गरी नगरवासीलाई सेवा दिन सुरु गरेको हो । अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी सेवा, प्रसुति सेवा, ल्याब सेवा, फार्मेसी सेवा, एक्सरे तथा भिडियो एक्सरे सेवालगायतका सेवाहरु सन्चालन हुने नगर प्रमुख विशाल शर्माले जानकारी दिए । सरकारवाट प्रदान हुने निःशुल्क तथा सशुल्क औषधि तथा सेवा सुविधा अस्पतालवाट प्राप्त गर्न सकिने नगरपालिकाका प्रमुखले जनाएका छन । नगर अस्पताल सञ्चालन पछि नगरपालिकाको माथिल्लो भेग वडा नम्बर १० देखि १४ र सल्यानको दार्मागाँउपालिकाका सर्बसाधारणले स्वास्थ्य सेवा पाउने भएका छन ।