सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ९ स्वारा देखि स्वारा जिउला तिर धान र पराल ल्याउन जाँदै गर्दा धान र पराल ल्याउन जाँदै गर्दा शनिबार बिहान ७ बजे तिर रा १ त ३४२४ नम्बरको ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटनामा परी ४ जना घाइते भएको छन् । घाइते हुनेमा बनगाड कुपिण्डे नगरपालिका वडा न ९ का ३० वर्षीय अनिल बस्नेत, सोही ठाउका १८ वर्षीय देवराज बस्नेत, ट्याक्टर चालक भुपाल बस्नेत गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपकरणको लागि बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा लगिएको छ । १८ वर्षीय पुष्कर बस्नेत सामान्य घाइते भएकाले स्थानीय मेडिकल उपचारपछि घर फर्किएका छन् । ओरालो भएका कारण ट्याक्टर अनियन्त्रीत भइ सडक बाट २५ मिटर तल खसेको हो । दुर्घटना बारे थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्षमण वलीले जानकारी दिएका छ्न ।