नेपालगन्ज—कोरोना संक्रमित दांग तुलसी उपमहानगरपालिका १८ का ७० वर्षीय पुरुषको शनिबार दिृउसो पौने तीन बजे शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । उनलाई उपचारका लागि कार्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो । यो संगै शनिबारमात्रै दांगका दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान घोराही उपमहानगरपालिकाका ७० वर्षीय पुरुषको मृत्यु भएको थियो । दिनअघि ल्याइएको थियो । यससंगै बाहिर जिल्लाबाट उपचारका लागि बाँके ल्याइएका १९ संक्रमितहरुको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए । बाँकेका ३० संक्रमितको मृत्यु भइसकेको छ ।