आईपीएलमा हैदराबादले बेङ्ग्लोरलाई ५ विकेटले हरायो - Dastabej

आईपीएलमा हैदराबादले बेङ्ग्लोरलाई ५ विकेटले हरायो


  • सुनिल रेग्मी

  •  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ५ विकेटले हराएको छ ।

    यूएईको सारजाहमा बेङ्ग्लोरले दिएको १ सय २१ रनको लक्ष्य हैदराबादले १४ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।

    हैदराबादको जितमा रिद्धिमान शाहले ३९ र मनिस पाण्डेले २६ रन जोडे । यस्तै जासन होल्डर २६ रनमा अविजित रहे ।

    बेङ्ग्लोरका युजभेन्द्र चाहलले २ विकेट तथा वासिंगटन सुन्दर र नाभदिप शैनीले १/१ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन बनाएको थियो ।

    बेङ्ग्लोरका लागि जोस फिलिपेले ३२, एबी डी भिलियर्सले २४ रन जोडे । त्यस्तै वासिंगटन सुन्दरले २१ रन बनाए । गुर्किरात सिंहले अविजित १६ रन बनाए ।

    कप्तान विराट कोहली ७ रनमा आउट भए । हैदराबादका सन्दीप शर्मा र जासन होल्डरले २/२ विकेट लिए । यस्तै राशिद खान, शबाज नदीम र टि नटराजनले १/१ विकेट लिए ।

    जितसँगै हैदराबाद तालिकाको चौंथो स्थानमा उक्लिएको छ । हैदराबादले १३ खेलमा १२ अंक जोडेको छ । हैदराबादले प्ले अफ पुग्ने सम्भावना कायम राखेको छ ।

    बेङ्ग्लोरलाई प्ले अफ पुग्न अन्तिम खेल कुर्नुपर्ने भएको छ । बेङ्ग्लोरले १३ खेलमा ७ जितसहित १४ अंक जोडेको छ । बेङ्ग्लोर दोस्रो स्थानमा रहेको छ । बेङ्ग्लोरले अन्तिम खेलमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।

  • १६ कार्तिक २०७७, आईतवार ०७:३० प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार