कोभिड १९ : नेपाल धेरैलाई कोभिड खोप लगाउने दक्षिण एशियाली देशमध्ये तेस्रो स्थानमा – Dastabej

कोभिड १९ : नेपाल धेरैलाई कोभिड खोप लगाउने दक्षिण एशियाली देशमध्ये तेस्रो स्थानमा


  • दस्तावेज

  • काठमाडौँ । नेपालमा केही सातायता कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूको सङ्ख्या घट्न थालेको सरकारी तथ्याङ्कले देखाउँछ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार विगत एक सातामा दैनिक ७३४ देखि १,७६० को बीचमा नयाँ सङ्क्रमित थपिएका छन्।

    विगत सात दिनमध्ये आइतवार सबैभन्दा कम ७३४ जना सङ्क्रमित फेला परेका हुन्।

    दक्षिण एशियामा कुन देशको अवस्था कस्तो ?

    अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार दक्षिण एशियाली मुलुकमध्ये कोभिडबाट सबैभन्दा बढी सङ्क्रमित र मृत्यु हुने मानिस भारतका छन्।  त्यहाँ अहिलेसम्म ३,३४,४८,१६३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ४,४४,८३८ जनाको कोभिडका कारण मृत्यु भएको तथ्याङ्क छ।

    सो विश्वविद्यालयका अनुसार विगत २८ दिनमा भारतमा ९,९८,८८७ जना सङ्क्रमित थपिएका छन् भने १०,०८२ जनाको कोभिडबाट मृत्यु भएको छ।भारतमा कुल जनसङ्ख्याको १४.५५ प्रतिशतले पूर्ण मात्रा कोभिड खोप लगाइसकेको तथ्याङ्क छ।

     

    कोरोना खोप

    पाकिस्तानमा अहिलेसम्म १२,२६,००८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २७,२४६ जनाको मृत्यु भएको छ।

    विगत २८ दिनमा त्यहाँ ९८,४२४ जनामा सङ्क्रमण फेला परेको छ र २,२४३ जनाको कोभिडबाट ज्यान गएको छ।

    पाकिस्तानमा कुलमध्ये ११.०७ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्रा खोप लगाइसकेको छ।

    जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार श्रीलङ्कामा हालसम्म ५,०४,४९१ जनामा सङ्क्रमण पुष्टि भएको छ भने १२,१२५ जनाको कोभिडका कारण मृत्यु भएको छ।

    विगत चार सातामा त्यहाँ १,१४,४९१ जना कोभिड सङ्क्रमित थपिएका छन् भने ४,७५९ जनाको मृत्यु भएको छ। त्यहाँ कुल जनसङ्ख्याको ५०.३१ प्रतिशतले पूर्ण मात्रामा कोभिड खोप लगाएको तथ्याङ्क छ।

    बाङ्ग्लादेशमा कुल १५,४२,६८३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २७,२२५ जनाको मृत्यु भएको तथ्याङ्क छ।

    विगत २८ दिनमा त्यहाँ ८०,६८५ सङ्क्रमित थपिएका छन् र कोभिडबाट १,९२४ जनाले ज्यान गुमाएका छन्।

    बाङ्ग्लादेशमा ८.८७ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्राको खोप लगाइसकको तथ्याङ्क छ।

    नेपालमा कुल ८,७३,५३४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ११,०४० जनाको कोभिडबाट मृत्यु भएको छ।

    सो विश्वविद्यालयका अनुसार विगत २८ दिनमा ३७,१३३ र ५३१ जनाको कोभिडका कारण मृत्यु भएको छ।

    नेपालमा कुल जनसङ्ख्यामध्ये १९.४४ प्रतिशतले पूर्ण मात्राको खोप पाइसकेको तथ्याङ्क छ।

    अफगानिस्तानमा कुल १,५४,४८७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ७,१८६ जनाको कोभिडबाट मृत्यु भएको छ।

    विगत चार सातामा त्यहाँ १,९७६ सङ्क्रमित थपिएका छन् भने ११६ जनाको मृत्यु भएको तथ्याङ्क छ।

    दक्षिण एशियामा अफगानिस्तानमै सबैभन्दा कम १.१३ प्रतिशतले मात्र पूर्ण मात्राको खोप लगाएको तथ्याङ्क छ।

    माल्दिभ्समा सोमवारसम्म ८३,५७६ जनामा सङ्क्रमण पुष्टि भएको छ र २२९ जनाको मृत्यु भएको छ।

    विगत २८ दिनमा त्यहाँ ३,६३० नयाँ सङ्क्रमित फेला परेका छन् भने ६ जनाको मृत्यु भएको छ।

    त्यहाँ कुल जनसङ्ख्याको ६२.१६ प्रतिशतले पूर्ण मात्राको कोभिड खोप लगाएका छन्।

    दक्षिण एशियाली मुलुकमध्ये भुटानमा अहिलेसम्म सबैभन्दा कम २,५९७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने तीन जनाको कोभिडबाट ज्यान गएको छ।

    विगत चार साताभित्र त्यहाँ १२ जनामा सङ्क्रमण पुष्टि भएको र शून्य मृत्यु भएको तथ्याङ्क छ।

    दक्षिण एशियाली मुलुकमध्ये भुटानमा कुल जनसङ्ख्याको सबैभन्दा धेरै अर्थात्‌ ६२.७६ प्रतिशतले पूर्ण मात्राको कोभिड खोप लगाइसकेका छन्। बीबीसी ।

  • ४ आश्विन २०७८, सोमबार १६:५८ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?