नेप्सेमा उच्च अङ्कको पहिरो – Dastabej

नेप्सेमा उच्च अङ्कको पहिरो


  • दस्तावेज

  • काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ११४.०२ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से उच्च अङ्कले ओरालो लागेर दुई हजार ६९८.२४ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १९.५१ बिन्दुले घटेर ५०६.२७ मा सिमित भएको छ ।

    कूल २२५ कम्पनीको एक करोड ७३ लाख ३० हजार ५३८ कित्ता शेयर रु आठ अर्ब ४९ करोड ३४ लाख एक हजार ९ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ७६ अर्ब ४० करोड ७४ लाख ८५ हजार ५७० बराबरमा रहेको छ ।

    कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ५१.४६, व्यापार १५६.९८, होटल तथा पर्यटन १५८.१३, विकास बैंक ३३२.३८, जलविद्यत् २२०.२९, वित्त २२९.६९, निर्जीवन बीमा ६१४.२१, उत्पादन ९१.९६, अन्य ७०.६१, लघुवित्त १६२.३२, जीवन बीमा ८००.०६, सामूहिक लगानी कोष ०.४८ र लगानी ५.२९ बिन्दुले ओरालो लागेको छ । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ ।

    सो कम्पनीको रु ४० करोड ६५ लाख ३१ हजार ४३६ बराबरको कारोबार भयो । त्यस्तै, हिमालयन डिस्टिलरी रु २२ करोड ५५ लाख ८९ हजार ७७१, नबिल बैंक रु १८ करोड ४४ लाख ४० हजार ७६३, युनाइटेड मोदी रु १७ करोड ६६ लाख ६८ हजार र अपि पावर कम्पनी रु १६ करोड ६३ लाख २० हजार ८५९ बराबरको कारोबार भई शीर्ष पाँच भित्र परेका छन् ।

    नेप्सेका अनुसार आज मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा ९.९९ प्रतिशतले वृद्धि भयो । त्यस्तै, डिप्रोक्स लघुवित्त २.०४, लक्ष्मी लघुवित्त १.९९, सनराइज बैंकको ऋणपत्र ०.९५ र नबिल ब्यालेन्स फण्ड दोस्रोका लगानीकर्ताले ०.६३ प्रतिशतले कमाए । उता, विभिन्न ११ कम्पनीको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लागेको छ । त्यसमा अधिकांश जलविद्युत् कम्पनीका शेयर छन् ।

  • ४ आश्विन २०७८, सोमबार १८:२७ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ