नेपालगन्ज । नेपालगन्जको राँंझा चोक नजिक रुद्रप्रिया इन्टरनेशनलले टाटा मोटर्सको नयाँ कार शोरुम सन्चालनमा ल्याएको छ ।
कार्यक्रमका प्रमुख अतिथी नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणााले रिबन काटेर उक्त शोरुमको आधिकारिकरुपमा उद्घाटन गरे ।
उक्त कार्यक्रममा टाटा मोटर्सका कन्ट्री मेनेजर अजित सिंह, सिप्रदी ट्रेडिङ प्रा.लि.का भाइस प्रेसिडेन्ट शौरभराज थपलिया, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुलवाहिद मन्सुरी लगायतले बधाई दिनुका साथै सफलताको शुभकामना दिए ।
शोरुमका प्रबन्ध निर्देशक माधवप्रसाद शर्मा एवं अध्यक्ष नवराज विष्टले संयुक्त रुपमा नेपालगन्जमा सहजरुपमा टाटाका विभिन्न ब्रान्डका कारहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रममा आएका सहभागिहरुलाई धन्यवाद ज्ञापन दिए ।