दोधारा–चाँदनीमा गस्तीमा गएका सशस्त्र प्रहरीमाथि भारतीय तस्करद्वारा आक्रमण – Dastabej

दोधारा–चाँदनीमा गस्तीमा गएका सशस्त्र प्रहरीमाथि भारतीय तस्करद्वारा आक्रमण


  • भवानी भट्ट

  • कञ्चनपुर — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरमा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करले आक्रमण गरेका छन् । सोमबार राति भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको चिनी रोकेपछि तस्करहरुको समूहले गस्तीमा रहेका प्रहरीमाथि कुटपिट गरेका हुन् ।

    दोधारा चाँदनी नगरपालिका–७ कञ्चनभोजमा रहेको बीओपीबाट गस्तीमा गएको टोलीले भारतबाट अवैध रुपमा भित्रिरहेको चिनी रोक्न खोज्दा तस्करले आक्रमण गरेका हुन् ।आक्रमणमा सशस्त्र प्रहरी जवान सुदीप सुनारको दुवै हातमा चोट लागेको छ ।

    स्थानीयका अनुसार सुरक्षाकर्मीले चिनी रोकपछि तस्करहरु ६/७ जनाको समूहमा आएर कुटपिट गरेका थिए । झलारीस्थित सशस्त्र प्रहरीको ३५ नम्बर गणका एसपी वीरेन्द्र ऐरले तस्करहरुले गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीमाथि ढुंगामुढा प्रहार गरेको बताए ।

    सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरुलाई आवश्यक कारबाही गरिने भारतीय सुरक्षाकर्मीले प्रतिबद्धता जनाएको उनले बताए । ईकान्तिपुर ।

  • ५ आश्विन २०७८, मंगलवार १२:०७ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश