काठमाडौँ उपत्यकाको प्रहरीलाई प्रदेशमातहत ल्याउन पहल – Dastabej

काठमाडौँ उपत्यकाको प्रहरीलाई प्रदेशमातहत ल्याउन पहल


  • दस्तावेज

  • काठमाडौँ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा अजयक्रान्ति शाक्यले काठमाडौँ उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौँका प्रहरी प्रदेश सरकारको मातहतमा नल्याइँदा जटिलता आउने बताउनुभएको छ । मन्त्री शाक्यले प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ र सोको नियमावलीसमेत बनिसकेको र प्रदेशमा पनि प्रदेश प्रहरी ऐन बनिसकेको अवस्थामा प्रहरी कर्मचारी समायोजन कार्यलाई सङ्घीय सरकारले अघि बढाउनुपर्नेमा जोड दिनुभयो । बागमती प्रदेश प्रहरीमा हाल सात हजार ९८९ दरबन्दीमध्ये पाँच हजार ४२३ मात्र कार्यरत छन् ।

    नेपाल प्रहरी र प्रदेश प्रहरी–कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय–ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०७८ निष्क्रिय पार्न सङ्घीय सरकारसँग आग्रह गर्दै उहाँले त्यसो भएमा ती तीन जिल्लाका प्रहरी पनि प्रदेशको मातहतमा आउने जनाउनुभयो । सोमबार काठमाडौँमा पत्रकारसँग कुरा गर्दै उहाँले आफूले पदबहाली गरेलगत्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले केही महत्वपूर्ण काम अघि बढाएको जानकारी दिनुभयो । “मन्त्रालय सम्हालेको केही दिनमै मैले विभिन्न निकायसँग समन्वय गरे केही सकारात्मक कामको थालनी गरेको छु”, शाक्यले भन्नुभयो, “तुरुन्तै विपद् व्यवस्थापन गर्न, प्राकृतिक प्रकोप न्यूनीकरण गर्दै लैजान र सोसम्बन्धी दीर्घकालीन योजना बनाउन ह्याजर्ड म्यापिङको काम अघि बढाएको छु ।”

    उहाँले प्राकृतिक प्रकोपका सम्बन्धमा पूर्वसूचना दिने अर्ली वार्निङ एप निर्माणको कार्य अघि बढाएको पनि उहाँले जानकारी दिनुभयो । “जसले गर्दा मानवीय र भौतिक क्षति न्यून हुने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो, “इन्फो बैंक सम्बन्धमा एप निर्माण गरी बागमती प्रदेशका विभिन्न निकाय तथा ११९ वटै स्थानीय तहको सूचनाहरू एउटै वेब पोर्टलबाट थाहा पाउन सक्ने गरी व्यवस्था गर्न लागेका छौँ ।”

    उहाँले विभिन्न कानुनहरू अविलम्ब निर्माण गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक कार्यको थालनी गरेको, कानुन मस्यौदा समितिको बैठक बसेर आवश्यक कानुन निर्माण गर्न निर्देशन दिएको पनि जानकारी दिनुभयो । “बागमती प्रदेशका ५० वटा ऐन बनिसकेका छन् भने १०२ वटा कानुन निर्माण भइसकेको छ । करिब ३७ वटा कानुन बनाउन बाँकी छ”, उहाँले भन्नुभयो, “त्योसँगै केही कानुन र ऐन पनि बनाउन बाँकी छ । त्यो काममा मेरो ध्यान जाने छ ।”

    मन्त्री शाक्यले आफ्नो मन्त्रालयअन्तर्गतका एक वर्षमा सम्पन्न गर्नुपर्ने ५० योजना एक महिनाभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको पनि बताउनुभयो । “लामो सयमदेखि प्रदेश सुरक्षा समितिको बैठक बसेको रहेनछ । मैले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि बैठक राखी शान्ति–सुरक्षा चुस्तदुरुस्त राख्न निर्देशन दिइसकेको छु”, उहाँले भन्नुभयो, “अपराध न्यूनीकरण गर्दै लैजान र चाडपर्वमा हुने चोरी डकैतीको घटना हुन नदिन सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइसकेको छु ।”

    उहाँले प्रदेशका १०२ वटा कानुन निर्माण भइसकेको जानकारी दिँदै अब ३७ वटा ऐन बनाउन बाँकी रहेको बताउनुभयो । नियुक्तिपछि उहाँले प्रदेश सुरक्षा समितिको बैठक गरेर प्रदेशको सुरक्षाको अवस्था, समस्या तथा चुनौतीका छलफल गर्नुभएको छ । बैठकमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्राकृतिक विपद्, सडक सुरक्षा, विभिन्घटनाको प्रतिक्रियास्वरुप हुनसक्ने विरोध प्रदर्शन र यसले थप्े सुरक्षा चुनौतीबारे विमर्श भएको थियो । (रासस)

  • ५ आश्विन २०७८, मंगलवार १२:२१ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश