फाईल तस्बिर ।
नेपालगन्ज । दुईवटा पाटे बाघले एक व्यक्तिलाई झम्टेरा खाएको बाँकेको पुर्बी गाभर क्षेत्रमा बाँके राष्ट्यि निकुजले बाँधेर राखेको जिउँदो राँगालाई बाघले एक सातापछि शिकार गरेको छ । मान्छे खाने बाघको पहिचान गर्न निकुन्ज प्रशासनले भदौ २९ गते राँगा बाँधेको थियो ।
बाँके राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत श्यामबहादुर शाहले मंगलबार बाघले राँगाको शिकार गरेको बताए । मान्छेलाई खाएपछि निकुन्ज र सामुदायिक वनमा क्यामेरा राखेर बाघको निगरानी गरिरहेको उनले जनाए । मान्छे मार्ने बाघ र राँगाको शिकार गर्ने बाघको फोटो प्रविधिकहरुले अध्ययन गरिरहेका छन् ।
बाँकेको पुर्बी गाभर गाउँ निकुन्ज र सामुदायिक वनको बीच भागमा पर्छ । क्यामेरामा त्यस क्षेत्रमा बाघको हुल नै देखिएको बताइएको छ । बाघ देखिएपछि गाभरका स्थानीयहरु आतंकित बनेका छन् । सन् २०१८ को गणनामा बा“के निकुन्जमा हाल २१ वटा बाघ रहेको निकुन्जले जनाएको छ ।