थप १३३० जनामा कोरोना सङ्क्रमण, १८३० सङ्क्रमणमुक्त – Dastabej

थप १३३० जनामा कोरोना सङ्क्रमण, १८३० सङ्क्रमणमुक्त


  • दस्तावेज

  • काठमाडौंँ । पछिल्लो २४ घण्टामा एक हजार ३३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ६२२ मा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा सङ्क्रमण दर १९।१ प्रतिशत छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५२४ रहेका छन् ।

    पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला ९ र २०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला १९ पुगेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की र रुपन्देही रहेका छन् ।

    पछिल्लो २४ घण्टामा दुई हजार ८३० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सात लाख ५४ हजार सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५।९ प्रतिशत रहेको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको ११ हजार ५३ पुगेको छ । नेपालमा प्रति १० लाखमा ३७२।५ सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क छ ।

    यस्तै मन्त्रालयका अनुसार ३३५ जना सघन उपचार कक्ष ९आइसियु०, १०७ जना भेन्टिलेटर, २० हजार १६४ जना होम आइसोलेसन, एक हजार ३६० जना संस्थागत आइसोलेसन र २५० जना क्वारेन्टिनमा छन् । आज नेपालमा ५५ हजार २४२ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ६२ लाख ३० हजार ८२३ ले पहिलो मात्रा र ५६ लाख २८ हजार ७९२ ले पूर्ण मात्राको खोप लगाइसकेका छन् । रासस ।

  • ५ आश्विन २०७८, मंगलवार १८:४० प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?