सन्तानेश्वर महादेव मन्दिरमा खानेपानी लागि निरौलाको १ लाख सहयोग – Dastabej

सन्तानेश्वर महादेव मन्दिरमा खानेपानी लागि निरौलाको १ लाख सहयोग


  • दस्तावेज

  •  

     

     

    बाँके । चर्चामा रहेको नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा खानेपानी को चरम अभावलाई टार्न कोरा साइक्लिङ्ग अन्तर्गत खजुरा गाउँपालिकाका सतिश निरौलाले सहयोग गरेका छन् ।

    प्रति किलोमीटर रुपैयाँ १ हजार का दरले १०० किलोमिटरका लागि स्पोन्सर आव्हान गरी सय किलोमीटर साइकल चलाउँदा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुबाट प्राप्त रुपैयाँ १ लाख दिब्यदर्शी आश्रम सन्तानेश्वर महादेव मन्दिरका मुल महन्त योगानन्द गिरि जि महाराजलाई प्रदान गरिएको छ ।

    सन्चारकर्मीसहित विभिन्न ब्यक्तित्वहरुको उपस्थितिमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपालगन्ज उपमहानगर पालिकाकि उपमेयर उमा थापाले मन्दिरका मुल महन्त लाई १० हजार नगद र ९० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो।

    सहयोग अभियानका संचालक सतिश निरौलाले आफू उक्त मन्दिर स्थल पुग्दा खानेपानीको निकै नै समस्या देखेपछि यसपटकको कोराअन्तर्गत आफुले चलाउने १०० किलोमीटर साइकल यात्रा सन्तानेश्वर मन्दिरमा खानेपानी ब्यबस्थापनका लागि समर्पित गर्दै स्पोन्सर आव्हान गरेको र शुभेच्छुकहरुबाट प्राप्त उक्त रकम हस्तान्तरण गर्न पाउँदा खुशी व्यक्त गर्दै सम्पुर्ण दाताहरुप्रती आभार व्यक्त गरे ।

     

    नेपालगन्ज साइक्लिङ्ग क्लबका सस्थापक उपाध्यक्ष युवा ब्यबसायी नेपालगन्जस्थित अम्बे फर्निचर गार्डेनका प्रोपराइटर पन्कज श्रेष्ठले १ हजार लिटरको खानेपानी ट्यान्की सन्तानेश्वर मन्दिरको लागि दान गरे ।

  • ५ आश्विन २०७८, मंगलवार २३:१४ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश