वुमन्स एसियन कप नेपालको खेल्ने सपना अधुरै – Dastabej

वुमन्स एसियन कप नेपालको खेल्ने सपना अधुरै


  • दस्तावेज

  • काठमाडौँ, (रासस) :हङकङसँग बराबरीमा रोकिएपछि नेपालको एफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ ।

    उज्बेकिस्तानमा जारी छनोटको दोस्रो खेलमा आज हङकङसँग गोलरहित बराबरीमा खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

    एसियन कपको सम्भावना कायम राख्न नेपाललाई हङकङ विरुद्धको खेल जित्नै पर्ने दबाब थियो तर नेपालले हङकङसँग गोलरहित बराबरीमा खेलेपछि नेपालको एसियन कप खेल्ने सपना अधुरै रहन पुग्यो ।

    उज्बेकिस्तानस्थित (जेएआर एसओके) माजमुएसी स्टेडियममा भएको खेलमा दुवै टोलीले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुङ्गियो । यस खेलसँगै समूह एफमा रहेको नेपालले छनोटमा २ खेलमा १ अङ्क जोड्यो ।

    पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो । फिलिपिन्सको ३ अङ्क छ भने हङकङको १ अङ्क छ ।

    अब फिलिपिन्स र हङकङबीच हुने समूहको अन्तिम खेलपछि समूह विजेताको टुङ्गो लाग्नेछ । यस समूहको विजेता टोली अर्को वर्ष भारतमा हुने एसियन कपमा छनोट हुनेछ ।

  • ६ आश्विन २०७८, बुधबार ००:०८ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ५. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ६. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट 
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता