बामदेवको आधार ईलाकामा अध्यक्ष ओलीको गर्जनः प्राथमिकतामा किन पर्यो बाँके र बर्दिया ? – Dastabej

बामदेवको आधार ईलाकामा अध्यक्ष ओलीको गर्जनः प्राथमिकतामा किन पर्यो बाँके र बर्दिया ?


  • दस्तावेज

  • नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष तथा पुर्ब प्रधान मन्त्री केपी शर्मा ओेली बाँके र बर्दियामा बुधबार आज हुने पार्टीको कार्यक्रममा सहभागि हुँदैछन् । बाँके र बर्दियाको पार्टीको कार्यक्रमलाई अध्यक्ष ओेलीले प्राथमिकतामा पार्नुको कारण के होला ? धेरैले यही प्रश्न दोहोर्याएका छन् ।

    बुधबार दिउँसो सुरुमा बर्दियाका कार्यकर्तालाई सम्बोधन गर्दैछन्, दिउँसो २ वजे । बर्दिया निर्वाचन क्षेत्र न. १ उपाध्यक्ष बामदेब गौतमको चुनाव लड्ने क्षेत्र हो । गएको संविधानसभाको निर्वाचनमा पराजित भएपछि उनी अध्यक्ष ओलीसंग असन्तुष्ट छन् ।

    उपाध्यक्ष गौमले आफूलाई प्रधानमन्त्री बन्न नदिनका लागि पार्टीकै शिर्ष नेतृत्वबाट पराजित गर्न लगाइएको गुनासो गर्दै आएका छन् ।
    बामदेवले एमालेबाट राजीनामा दिएपछि कार्यकर्ताहरु उनकै पछी लाग्ने अंकलन गरिएको थियो । तर दुईचार जना जिल्ला नेताबाहेक सबै ओलीकै नेतृत्वको पार्टी रोजेका छन् ।

    त्यसैलाई सम्बोधन गर्न र गौतमको ओजलाई कम गर्न ओली बर्दियाको पार्टी कार्यक्रमलाई प्राथमिकतामा पारेका हुन । नेकपा एमाले बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठले अध्यक्ष ओलीको स्वागतका लागि करिव २ सय बढी मोटरसाइकल नेपालगन्जबाट र एक सय ५० मोटरसाइकल कोहलपुरबाट बर्दिया पुग्ने तयारी गरिएको जनाए ।

    पार्टी नफुट्दा नेकपा बाँकेको पार्टी नेतृत्व माधव नेपाल पक्षमा बढी थियो । अध्यक्ष अशोक कोइराला माधव नेपालको पार्टीमा लागेपछि नेपाल समूहमै खुलेर लागेका उपाध्यक्ष निरक गुरुग अध्यक्ष बन्ने अवसर पाएका छन् । हाल उनी केपी ओलीको नेतृत्वमा रहेको नेकपा एमालेमा लागेका छन् । जिल्ला नेतृत्वमा रहेका नेपाल समूहका नेताहरु आफ्नो पक्षमा देखिएपछि उनीहरुको सम्मानका लागि पनि ओली बाँकेको कार्यक्रममा सहभागि हुन आएको एक नेताले बताए ।

    एमाले बाँके अध्यक्ष निरक गुरुङका अनुसार अअध्यक्ष ओली काठ्माडौँबाट बुधवार विहान नेपालगन्जबाट सिधै बर्दिया जाने र दिउँसो २ बजे नेपालगन्जमा हुने जिल्लास्तरिय बृहद कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

  • ६ आश्विन २०७८, बुधबार ०८:१७ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश