बर्दियामा एमाले अध्यक्ष ओलीको सम्बोधनः बामदेवको (बा) पनि उच्चरण नगरी भाउ नदिएको सन्देश – Dastabej

बर्दियामा एमाले अध्यक्ष ओलीको सम्बोधनः बामदेवको (बा) पनि उच्चरण नगरी भाउ नदिएको सन्देश


  • दस्तावेज

  • बर्दिया । नेकपा (एमाले) का अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले नेता बामदेव गौतमको निर्वाचन क्षेत्रमा कार्यकर्तालाई सम्बोधन गरेका छन् । करिव एक घण्टाको सम्बोधनमा उनले उपाध्यक्ष पदबाट राजीनामा दिएका बामदेवको नामको (बा) समेत उच्चरण गरेनन् ।

    अध्यक्ष ओलीले माधवकुमार नेपालका कारण आफ्नो पार्टी सरकारबाट हट्नु परेको बताए । उनले नेता बामदेवको भूमिकाप्रति कुनै टिप्पणी गर्न चाहेनन् । अधिकांश समय उनले शेरबहादुर देउवाको सरकार र उनलाई सहयोग पुरयाउने नेता नेपालप्रति कटक्ष गरे । तिखो बक्ताकारुपमा परिचित ओलीले बामदेवको भूमिकाप्रति कस्तो टिप्पणी गर्लन भन्ने कार्यकर्ताहरु सुन्न चाहन्थे ।

    एक कार्यकर्ताका अनुसार पार्टीबाट राजीनामा दिइसकेका बामदेवको नाम नलिएर अध्यक्ष ओलीले भाउ नदिएको सन्देश दिएका छन् । होईन भने उनकै निर्वाचन क्षेत्रमा ओलीले केही त बोल्थे नै, ति कार्यकर्ताले भने ।

    अध्यक्ष ओलीले आफू संविधानसभाको निर्वाचनपछि पहिलो पल्ट बर्दिया आएको बताए । उनले बर्तमान सरकारको भूमिकाप्रति टिप्पणी गरे ।

    आफूहरुकै दबावमा सरकारले भूमि समस्या आयोग फेरि गठन गरेको भन्दै जग्गा बनाई दिन्छु भन्दै पैसा माग्न विभिन्न व्यक्तिहरु घर पुग्न नसक्ने बताए । १५ महिना कुर्नुस, निर्वाचनपछि हाम्रो सरकार आउँछ । त्यो बेला जग्गा निशुल्क पाउँनु हुनेछ । पैसा नदिनु होला, उनले भने ।

  • ६ आश्विन २०७८, बुधबार १४:३९ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश