बर्दिया । ठाकुरबाबा नगरपालिकाले प्लान इन्टरनेशनल नेपाल र थारु महिला उत्थान केन्द्रको सहकार्य तथा समन्वयमा बालवालिकाको सपना परियोजना अन्तर्गत अभिभावक शिक्षासत्रका कोचरहरुसंग समिक्षा बैठक आयोजना गरेको छ ।
उक्त कार्यक्रममा बालबालिकाको सपना परियोजनाले अभिभावक शिक्षासत्र सन्चालनको दौरानमा भएका उपलब्धि, समस्या तथा चुनौती, अभिभावक शिक्षासत्र अझै प्रभावकारी बनाउन के गर्न सकिन्छ भन्ने बिषयमा समूहिक छलफल गरिएको छ ।
बालबालिकाको सपना परियोजनाको परियोजना संयोजक प्रशंसा भण्डारीले जानकारी दिए । स्वागत तथा उदेश्य बारे ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्रराज वंशीले गरेका थिए । उक्त कार्यक्रम स्वास्थ्य शाखा सहसंयोजक रामेश्वर खनालले सन्चालन गरेका थिए ।