बर्दिया । बारबर्दिया नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा प्लान इन्टरनेशनल नेपाल र थारु महिला उत्थान केन्द्रको सहकार्य तथा समन्वयमा बालबालिकाको सपना परियोजना अन्तर्गत रिपोटिङ,रेकडिङ् तथा योजना निर्माण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बालबालिकाको सपना परियोजना सन्चालन सकारात्मकरुपमा भइरहेको तर रिपोटिङ तथा रेकडिङ नभएको जस्ता समस्या आएकोले उक्त कार्यक्रम गरिएको हो । कार्यक्रमलाई गुणस्तरियता बनाउने उदेश्ले उक्त कार्यक्रम गरिएको परियोजना संयोजक प्रशंसा भण्डारीले जानकारी दिईन ।
त्यसै गरी बारबर्दियामा नगरपालिकाको १, २ र ५ वडाहरुमा कार्यक्रम बिस्तार गरिएकोले टोल बिभाजन अनुसार कार्यक्रम गरिने परियोजनाका सुपरभाइजर नरेश चौधरीले जानकारी गराए । उक्त कार्यक्रममा स्वागत तथा उदेश्यबारे थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मासिङ थारुले जानकारी दिईन भने बारबर्दिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माको अध्यक्षतामा कार्यक्रम सन्चालन गरिएको थियो ।