नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका – Dastabej

नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका


  • दस्तावेज

  • नेपालगन्ज । सरकारले भारतीय सीमासंग जोडिएको चल्तीका प्रमुख नाकाहरु खोल्ने गरेको निर्णय कार्यान्वन गर्ने निर्णय बाँकेमा अन्यौल देखिएको छ । जसका कारण पश्चिमकै ठूलो नेपालगन्जको जमुनाहा नाका भएर नेपाली सवारी साधनहरु भारत प्रवेश गर्न रोक लगाइएको छ ।

    सरकारी निर्णय बुधबारदेखि कार्यान्वयन नहुँदा पेट्रोलिय पदार्थ बोक्ने नेपाली गाडीबाहेकका सवारी साधन भारत चल्न पाएनन् । भारतबाट भने मालबाहक ठूला सवारी साधनहरु नेपाल प्रवेश गर्न दिइएको छ ।

    क्याप्सनः नेपालभारत जमुनाहा नाका । तस्बिरः दस्ताबेज

     

    नेपालीहरु पैदल भारत आउजाउ गर्न दिइएको छ । नेपालगन्ज सीमासंग जोडिएको सीमावर्ती भारतीय बजार रुपैडिहामा साईकल, रिक्सा र मोटर साईकलसमेत चल्न पाएका छैनन् ।

    नेपालीहरुमा वारी नै सवारी साधन राखेर भारत जाने गरेका कारण जमुनाहा नाका पार्किङ स्थल बनेको छ । सडकमा सयौँ रिक्सा र मोटर साईकल पर्कि पार्किङ गर्दा नाका अस्तव्यस्त बन्ने गरेको छ ।

    सीमास्थित ईलाका प्रहरी कार्यालय जमुुनाहाका प्रमुख सई पूर्ण खत्रीले सीमा नाका खोल्ने बारे कुनै निर्णय बारे जानकारी नआएको बताए । उनले पहिले जस्तै नाका भएर पैदल आउजाउ गर्न दिइएको जनाए ।

    उनका अनुसार पेट्रोलिम पदार्थ बोकेको गाडीबाहेक अन्य सवारी साधन भारत प्रवेश गर्न दिइएको छैन । ‘सीमा पुर्णरुपमा खोल्ने बारे कुनै निर्देशन हामीलाई छैन,’ उनले भने ।

    बाँकेका प्रमुख जिल्ला अधिकारी विशराज गेलालले नेपाल सरकारले नाका खोल्ने निर्णय गरे पनि भारतीय सरकारले उक्त निर्णयलाई कार्यान्वयन गर्ने गरी निर्णय गरेको बारे जानकारी नभएको बताए ।

    भारतीय सहमतिबीना नेपाल सरकारले मात्रै खोल्ने निर्णय कार्यान्वयनमा समस्या हुनसक्ने उनले जनाए । ‘नेपालले सीमा खोल्ने निर्णय गरेको ठिक हो । तर भारतको केन्द्रीय सरकारले नाका खोल्ने बारे गरेको निर्णय बुुझ्नु पर्छ,’ उनले भने,‘भारतले निर्णय नगर्दासम्म हामीले गाडी पठाउदा भारतमा अवरोध हुनसक्छ ।’

  • ७ आश्विन २०७८, बिहीबार ११:५५ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ३. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ४. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ५. राप्ती नदिमा दुई जनाको शव फेला
  • ६. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ७. प्लान इन्टरनेशनल नेपाल कर्मचारीहरुलाई मुद्दा लगाउन मै व्यस्त