डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न ११ वर्षपछि पक्राउ – Dastabej

डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न ११ वर्षपछि पक्राउ


  • दस्तावेज

  •  

    काठमाडौं ।  बिपि कोईराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न फरार प्रतिवादी नुवाकोट बिदुर नगरपालिका(१२ मुलाबारी वतन भएका ४५ वर्षीय राजेन्द्र कुमार पण्डित भन्ने राजेन्द्र पण्डितलाई घटनाको ११ वर्षपछि मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

    २०६७ जेठ ४ गते चितवन भरतपुर महानगरपालिका(१० हाकिमचोकस्थित सडकबाट १२र१५ जनाको अज्ञात समूहले अपहरण गरी लगी १९ दिनसम्म बन्धक बनाई राखेकोमा फिरौती वापत १ करोड १० लाख रुपैयाँ मूल्य बराबरको ३ किलो सुन लिएपछी जेठ २२ गते अपहरण मुक्त गरी फरार रहेका उनलाई भारतको विभिन्न स्थानहरुमा लुकीछिपि बसेकोमा नेपाल आएको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट फेला पारी पक्राउ गरेको हो ।

    उनीउपर पुनरावेदन अदालत हेटौंडाबाट २०७० माघ २१ गते अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भएको थियो ।

    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

  • ७ आश्विन २०७८, बिहीबार १२:२५ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला