मोबाइल चोरीको आरोपमा दुई पक्राउ – Dastabej

मोबाइल चोरीको आरोपमा दुई पक्राउ


  • दस्तावेज

  • बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारस्थित त्रितिसा इलेक्ट्रिकल पसलको सटर तोडफोड गरी मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० का ३० वर्षीय इस्लाम दिन र बाँके डुडुवा गाउँपालिका–७ का ४० वर्षीय मुसा कुरेसी रहेका छन् । दिनलाई घटनास्थलबाटै र सो घटनामा संलग्न रहेको आरोपमा कुरेसीलाई खोजतलास गर्दै जाँदा बर्दिया बढैयाताल गाउँपालिका – ३ भोलागौडी बजार नजिकबाट चोरी भएका चार थान मोबाइलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल पौडेलले बताउनुभयो ।

    पक्राउ परेका दुवै जनालाई बर्दिया जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभ

  • ७ आश्विन २०७८, बिहीबार १८:३० प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?