फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने – Dastabej

फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने


  • दस्तावेज

  • काठमाडौँ, ८ असोज (रासस) । ‘इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आइएफकेके)’ को आयोजनामा तेस्रो राष्ट्रिय आइएफकेके तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

    प्रतियोगितामा सातै प्रदेशका एक सय ७० खेलाडीको सहभागिता रहने छ । आइएफकेकेका अध्यक्ष घनश्याम श्रेष्ठका अनुसार पुरुषतर्फ पाँच र महिलातर्फ एक विधामा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ ३० किलोमुनि, ३५ किलोमुनि, ४५ किलोमुनि, ५० किलोमुनि तथा ६५ किलोमुनिको तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।

    यस्तै महिलातर्फ खुला तौलसमूहमा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । एकदिने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सेमी कभर्डहलमा सञ्चालन हुनेछन् ।

  • ८ आश्विन २०७८, शुक्रबार १३:४० प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?