बर्दिया । बिहे गर्छु भन्दै घरमा लागेर १६ वर्षीया किशोरीलाई बलात्कार गरेकोअभियोगमा मधुवन नागरपालिका(१ कुसुम्बा बस्ने २४ वर्षीय सुरेश मगरलाई बर्दिया प्रहरीले पक्राय गरेको छ बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मगरले किशोरीलाई विहेको प्रलोभन देखाउँदै साउन २४ गतेदेखि असोज ६ गतेसम्म आफ्नै घरमा राखेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
फौजदारी संहिताले २० वर्ष उमेर नपुगेका बालिकालाई मन्जुरी लिएर करणी गरेमा पनि बलात्कार हुने परिभाषा गरेको छ ।
प्रहरीक अनुसार मगरले ती किशोरीलाई बिवाह गर्छु भन्दै ललाई फकाई आफ्नै घरमा लगेको जबरजस्ती करणी गरी कुटपिट तथा धाकधम्की समेत दिने गरेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियालाई ति किशोरीमाथि बलात्कार भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय ढोढरीबाट प्रहरी खटाइएको थियो ।