बाँके । बन्यजन्तु ओसारपसार मुद्दामा सजाय पाएका दुई जनालाई बाँके प्रह्रीले पक्राउ गरेको छ ।
बाँके जिल्ला अदालतबाट २०७३ असार१२ गतेको फैसलाले ११ महिना १० दिन कैद सजाय तोकिएका बाँके राप्ती सोनारी गाउँपालिका ९ बस्ने वर्ष ४४ को मनिराम थारु र वर्ष ४३ को धनिराम थारुलाई पक्राउ गरिएको हो । उनीहर फरारको सूचीमा थिए ।