लैङ्गिक हिंसा अन्त्यका लागि बृहत् यौनिकता शिक्षा – Dastabej

लैङ्गिक हिंसा अन्त्यका लागि बृहत् यौनिकता शिक्षा


  • दस्तावेज

  • काठमाडौँ, ८ असोज ९रासस० ः बझाङ,केदारेस्यु गाउँपालिका छाटोस्थित नमूना भैरव माविमा पछिल्ला वर्षमा छात्रा अनुपस्थितको दर शून्यमा झरेको छ । आठसय विद्यार्थी अध्ययनरत सो विद्यालयमा छात्रा सङ्ख्या चारसय माथि छ ।

    विद्यालय व्यवस्थापन समितिक अध्यक्ष समितराज गिरीले भन्नुभयो,“महिनावारी हुँदा छात्रा विद्यालय आउँछन् । विद्यालयले नै स्यानिटरी प्याड वितरण गर्दछ । यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी पाठ कक्षामा पढाइ हुँदा कक्षा छाड्दैनन् । आफूलाई आइपरेका समस्या साथी तथा शिक्षकसँग खुलेर राख्दछन् ।”

    जिल्लामा पहिलो पटक सो विद्यालयले संयुक्त राष्ट्र सङ् जनसङ्ख्या कोष ९युएनएफपीए०को आर्थिक एवं प्राविधिक सहयोगमा किशोरकिशोरी मैत्री सूचना केन्द्र सञ्चालनमा ल्याएको थियो । “किशोरकिशोरीले कक्षाकोठामा नसिकेका यौन तथा प्रजनन स्वास्थ्य र बृहत् यौनिकता शिक्षासम्बन्धी सूचना तथा जानकारी त्यहाँ राखिएका रुपान्तरण पुस्तिकामार्फत सिक्दछन् ।” उहाँले भन्नुभयो ।

    उमेरअनुसारको किशोरकिशोरीलाई बृहत् यौनिकता शिक्षा दिँदा समुदायमा सकारात्मक प्रभाव पर्छ भन्ने राम्रो उदाहरण विद्यालयले प्रस्तुत गरिराखेको छ । उहाँले भन्नुभयो, “किशोरी महिनावारी हुँदा विद्यालय नजाने प्रचलन अन्त्य भएको छ, २० वर्ष अगावै विवाह गर्ने कुप्रथा र लैङ्गिक हिंसा न्यूनीकरण भएको छ । किशोरकिशोरीले आफ्ना समस्या निर्धक्क भन्न सक्ने भएका छन् भने अभिभावकमा पनि सचेतना आएको छ ।”

    बैतडी, पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर माध्यमिक विद्यालय पाटनका स्वास्थ्य, जनसङ्ख्या, वातावरण विषय शिक्षक दानबहादुर महरालाई अहिले यौन तथा प्रजनन स्वास्थ्य कक्षा सञ्चालनमा लाज र सङ्कोच लाग्दैन । उसो त कक्षाका छात्रछात्रा पनि यस विषयमा खुलेर आफ्ना जिज्ञासा राख्ने गर्दछन् ।

    सो विद्यालयमा कूल ५२५ विद्यार्थीमध्ये २३० छात्रा अध्ययनरत छन् । उहाँले भन्नुभयो, “सुरु सुरुमा मलाई पनि बृहत् यौनिकता शिक्षाको कक्षा लिन नपरोस्जस्तो लाग्दथ्यो । एकजना पनि छात्रा कक्षामा बस्दैनथे बसेका पनि मुख छापेर बस्दथे । रुपान्तरण, यौन तथा प्रजनन स्वास्थ्यसहित बृहत् यौनिकता शिक्षाका महत्वसम्बन्धी तालिम लिन थालेपछि यसका महत्वका बारेमा मैले थाहा पाएँ । विसं २०७३ मा विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र स्थापना गर्न समन्वय गरेँ । यसपछि मलाई यौन तथा प्रजनन स्वास्थ्यका कक्षा लिन यसले सजिलो बनाइदियो । किशोरीले पनि कक्षा छाड्ने अवस्था अन्त्य गरिदियो ।” उमेरअनुसारको यौनिकता शिक्षाले विद्यालयमा छात्रा अनुपस्थित हुने दर अन्त्य गरेको, बालविवाह र लैङ्गिक हिंसामा कमी आएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उमेरअनुसारको शिक्षा प्रदान गर्न पाठ्यक्रममा बृहत् यौनिकता शिक्षालाई समावेश गराउँदै लानुपर्छ । यसले समग्र सिकाइमा सहयोग पु¥याउँछ ।”

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार १० देखि १९ वर्ष उमेर समूहका व्यक्तिलाई किशोरकिशोरी भनिन्छ । पछिल्लो जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार १५ देखि १९ वर्षका २८ प्रतिशत किशोरीको विवाह सो उमेर समूहभित्र भइसक्छ । सो समूहकै १७ प्रतिशतले पहिलो बच्चा पनि सोही उमेर समूहभित्र जन्माइसक्छन् । अर्कोतर्फ १९ वर्षमुनिका किशोरीको गर्भाधान गर्ने दर प्रतिएक हजारमा ८१ जना छन् ।

    सोही सर्वेक्षणमा १५ देखि ४९ वर्ष उमेर समूहका प्रत्येक पाँच महिलामध्ये एक जनाले शारीरिक हिंसा अनुभव गरेको पाइएको छ । चार विवाहित महिलामध्ये कम्तीमा एक जनाले श्रीमान्बाट आफ्नो जीवनका अवधिमा शारीरिक, यौनिक वा भावनात्मक हिंसाको अनुभव भोग्ने गरेका छन् । एकतीस प्रतिशत पुरुष उत्तरदाताले श्रीमतीले भनेको नमानेमा पिट्नु स्वीकार्य भएको विश्वास गरेका छन् । हिंसा अनुभव गर्नेमध्ये ६६ प्रतिशतले आफूले भोगेका हिंसा प्रतिरोध गर्न वा रोक्नका लागि कसैको सहयोग खोज्ने वा कसैलाई भन्ने गरेको पाइँदैन ।

    यसैगरी १८ वर्ष नपुग्दै ३८।४ प्रतिशत महिलाको विवाह हुन्छ । पन्ध्रदेखि १९ वर्ष समूहका १७ प्रतिशत किशोरी आमा भइसक्दछ । तीमध्ये २२ प्रतिशत ग्रामीण र १३ प्रतिशत सहरी क्षेत्रका छन् । युएनएफपीए बैतडीका कार्यक्रम अधिकृत गणेश शाही कम उमेरमा गर्भाधान गर्ने दरलाई कम गर्न, बालविवाह तथा लैङ्गिक हिंसा अन्त्य गर्न, किशोरकिशोरीको यौन तथा प्रजनन सेवाको पहुँचलाई विस्तार गर्न उनीहरुलाई उमेरअनुसारका बृहत् यौनिकता शिक्षा खाँचो रहेको औँल्याउनुहुन्छ । उहाँले भन्नुभयो, “ युएनएफपीएले विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्रको स्थापना, विषयगत शिक्षकका लागि बृहत् यौनिकता शिक्षासम्बन्धी आधारभूत तालिम, साथी शिक्षक तालिम, स्थानीय पालिकामा बृहत् यौनिकता शिक्षासम्बन्धी पैरवी, किशोरी सञ्जालमा रुपान्तरण कार्यक्रम, बृहत् यौनिकता शिक्षासम्बन्धी प्रदेशसभा सदस्यसँग पैरवी, किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाको उपलब्धताका लागि सहयोग गरिराखेको छ ।”

    नयाँ योजनामा बृहत् यौनिकता शिक्षा समावेश

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्तावित शिक्षा क्षेत्रको योजना ९२०२१–२०३०० बृहत् यौनिकता शिक्षालाई समावेश गर्ने जनाएको छ । बालविवाह, मातृ मृत्युदर र लैङ्गिक हिंसाजस्ता सामाजिक विकासको चुनौती र असमानतालाई न्यूनीकणमा सो शिक्षाले महत्वपूर्ण सहयोग गरेको जनाउँदै मन्त्रालयले सो मस्यौदामा पनि यौनिकता शिक्षा प्रवद्र्धन गर्न लागेको हो ।

    विद्यालय क्षेत्र विकास योजना ९२०७३–२०७८० को अवधि यही आर्थिक वर्षका अन्त्यमा सकिँदैछ । सो योजनामा पनि सो शिक्षालाई समावेश गरिएको थियो । मन्त्रालयका सहसचिव डा तुलसी थपलियाले यौन तथा प्रजनन स्वास्थ्य शिक्षालाई थप प्रभावकारी बनाउन बृहत् यौनिकता शिक्षालाई प्रस्तावित शिक्षा क्षेत्रको योजनामा समावेश गरिने जानकारी दिनुभयो ।

    बृहत् यौनिकता शिक्षा भन्नाले यौनिकतासम्बन्धी ज्ञान, संवेग, शारीरिक र सामाजिक पक्षको सिकाइ प्रक्रिया भन्ने बुझिन्छ । यसले बालबालिका, किशोरकिशोरी तथा युवायुवतीको ज्ञान, मनोवृत्ति, सीप र मूल्यलाई सक्षम बनाउँछ । साथै यो उमेर विशेष, सांस्कृतिक रुपमा स्वीकार्य, वैज्ञानिक तथा सूचनामा आधारित, विद्यालयभित्र र बाहिर दिन सकिने पाठ्यक्रममा आधारित शिक्षा हो । पाँच वर्षदेखि आठ, आठदेखि १२, १२ देखि १५, १५ देखि १८ उमेर समूहलाई यस्ता शिक्षाको बढी आवश्यकता पर्दछ । जन्मका आधारमा हुने जैविक गुणलाई यौन भनिन्छ । यौनिकता भनेको मानिसको जीवनको केन्द्रीय पक्ष हो । यौन एउटा प्राकृतिक विशेषता हो भने यौनिकता यौनसँग सम्बन्धित सम्पूर्ण भावको अभिव्यक्ति र जीवनशैली हो ।

    उहाँले भन्नुभयो, “उमेरअनुसारको यौनिकता शिक्षा दिने सरकारको नीति छ । यसका लागि पाठ्यक्रममा समावेश गरी पाठ्यपुस्तक निर्माण, शिक्षकलाई तालिम तथा विद्यालयको वातावण सोहीअनुसार बनाइँदै लगिने छ । पछिल्लो समय विद्यालयमा स्थापना गरिएका किशोरकिशोरी मैत्री सूचना केन्द्र प्रभावकारी बन्दै गएका छन् । समग्रमा बृहत् यौनिकता शिक्षा अहिलेका परिवेशमा एक बहुआयामिक प्रभाव पार्नसक्ने एकीकृत कार्यक्रमका रूपमा देखिएको छ ।”

    बृहत् यौनिकता शिक्षाका आठ अवधारणा सम्बन्ध, लैङ्गिताको बुझाइ, हिंसा र सुरक्षित रहनु, स्वास्थ्य र निरोगिताका सीप, मानव शरीर र विकास, यौनिकता र यौन व्यवहार, यौनिक तथाा

  • ८ आश्विन २०७८, शुक्रबार १७:०६ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ५. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ६. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट 
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता