१३७ किमी सडकको ट्र्याक तयार – Dastabej

१३७ किमी सडकको ट्र्याक तयार


  • दस्तावेज

  • रोल्पा । पूर्वाधार विकास कार्यालय जुम्लाले हालसम्म जिल्लामा १३७ किलोमिटर भन्दा बढी सडकको नयाँ ट्र्याक खुलाएको छ ।

     

     

    कार्यालय प्रमुख रुपबहादुर रावलले भन्नुभयो,“हालसम्म १३७ किमी नयाँ सडकको ट्र्याक खुलाएका छौँ ” कार्यालयका अनुसार सडक स्तरोन्नति चांैडा र रिटेनिङगवाल ५६ किमी, सडकको पक्की नाला १९ किमी, ग्राबेल सडक २० किमी र दलान सडक १।३५ किमी बनेको छ ।

    जिल्लाको हिमा गाउँपालिकाका चिउडी र मसानटाडामा दुई झोलुङ्गे पुल , साविकको ताम्ती गाविस हुँदै जाजरकोट जिल्ला जोड्ने पक्की पुल तथा चन्दननाथ नगरपालिकास्थित दानसाघुमा गुठीचौर गाउँपालिका हँुदै डोल्पा जोड्ने पक्की पुल निर्माण भएको जनाइएको छ ।

    जिल्लाका आठवटै स्थानीय तहमा जनता आवास अन्तर्गत २५० घर निर्माण भएको कार्यालय प्रमुख रावलले बताउनुभयो ।

    आव २०७७÷७८ मा रु ५० करोड विनियोजित बजेटमध्ये रु ४५ करोड खर्च भएको कार्यालयले जनाएको छ । विसं २०७५ पुस १५ मा जिल्लामा सो कार्यालय स्थापना भएकोे थियो ।

  • ८ आश्विन २०७८, शुक्रबार १८:२२ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ५. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ६. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट 
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता