कांग्रेस बाँकेः भागबण्डा नमिल्दा पुर्ब सभापति स्व. सुशील कोईरालाको गृह जिल्ला बाँकेमा महाधिबेशन हुनसकेन – Dastabej

कांग्रेस बाँकेः भागबण्डा नमिल्दा पुर्ब सभापति स्व. सुशील कोईरालाको गृह जिल्ला बाँकेमा महाधिबेशन हुनसकेन


  • दस्तावेज

  •  

    नेपालगन्ज— कांग्रेसका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री स्व. सुशील कोइरालाको गृह जिल्ला बाँकेमा कृयाशिल सदस्य विवादलाई लिएर चार पटक महाअधिबेशन स्थगित भएको छ । केन्द्रले असोज ९ गतेसम्म महाधिबेशन सम्पन्न गर्न जिल्लालाई निर्देशन दिएको छ ।

    केन्द्रले दिएको निर्देशन अवधि दुई दिन बा“की रह“दा पनि कृयाशिल सदस्य विवाद टु¨ो लाग्न सकेको छैन । बा“केको पुर्बी निर्वाचन क्षेत्र न. १ मा कृयाशिल विवाद बढी देखिएको हो । जति नै विवाद मिलाउने प्रयास गरे पनि सहमति जुट्न सकेको छैन ।

    वडा कार्य समितिले निर्णय गरेर पठाएको कृयाशिल सदस्यको नाम हटाएर क्षेत्रीय समितिले केन्द्रलाई पठाएको र त्यही सदस्यता सदर भएर आएको कांग्रेस बा“केका नेताहरु बताउ“छन् । विजयकुमार गच्छेदार नेतृत्वको तत्कालिन फोरम लोकतान्त्रिक पार्टी काँग्रेसमा संयोजन भएका कार्यकर्ताहरुलाई बिधान विपरीत, पार्टीको नीतिलाई बेवास्ता गर्दै कृयाशिल सदस्य दिइएको आरोप कांग्रेसका जिल्ला नेताहरुको छ ।

     

     

    कांग्रेस बाँकेका सभापति किरण कोइरालाले निर्वाचन क्षेत्र न. १ मा कृयाशिल सदस्य विवाद चरमरुपम देखिएको बताईन । उनले बिधान विपरित सदस्यता वितरण गर्दा विवाद बढेर सक्रिय सदस्यताको सूची नआएकाले अधिबेशन गर्न नसकेको जनाईन ।

    ‘वडा समिति सर्बेसर्बा हो । त्यहाँबाट छनौट गरेर पठाइएका कृयाशिल सदस्यताको नाम हटाउने, आफू खुसी नाम थप्ने काम भएकोले विवाद बढेको हो,’ उनले भनिन्,‘विधान अनुसार कृयाशिल सदस्यता दिने हो भने विवाद त्यसै समाधान हुन्छ ।’

    कांंग्रेसको ऐतिहासिक जिल्ला बाँकेमा अन्तिम सयमसम्म महाधिबेशन हुननसकेपछि जिल्ला नेतृत्व तनावमा छ । अधिकांश कार्यकर्ताहरुमा अधिवेशन नहुने शंका छ । लोकतन्त्रका लागि लडेको पार्टीको अधिबेशन हुनसकेपछि कार्यकर्ताहरुले आलोचना गरिरहेका छन् ।

    कांग्रेस कार्यकर्ता अम्रित आचार्यले महाधिबेशन नगरी पार्टी कब्जा गर्ने नीति रहेको भन्दै आक्रोस पोखे । कांग्रेस बा“केका सचिव तप्त पौडेलले तत्कालिन फोरम लोकतन्त्रिक पार्टीबाट समायोजन भएर आएका नेताहरुले जथाभावी कृयाशिल सदस्यता दिएका कारण विवाद भएको बताउँछन् । उनले पार्टी छाडेर गएका व्यक्तिहरुको नाम पनि कृयाशिल सदस्यता भएर आएको र पार्टीको कार्यकर्ता नै नभएको व्यक्तिलाई पनि कृयाशिल सदस्या दिइएको बताए ।

    ‘वडा समितिबाट आएको नामलाई जिल्लाले केन्द्रलाई पठाएका थियौ । तर सदस्यताको विवरण उल्टो आयो,’ उनले भने,‘लोकतन्त्र नमान्ने, बिधि प्रक्रिया नघेर सदस्य पठाएपछि विवाद बढेर अधिबेशन रोकिएको हो ।’

    फोरम लोकतन्त्रिकबाट समायोजन भएर बाँके कांग्रेसका उपसभापति भएका फूलाराम चौधरीले कांग्रेसको गुटबीच विवाद भएको तर दोष आफूलाई दिएको गुनासो गर्छन । ‘बाँकेमा कांग्रेसका १० हजार क्रियाशिल सदस्य छन् । हामी पुर्ब फोरम लोकतान्त्रिकबाट ३ सय ८१ सदस्य छौ“,’ उनले भने,‘१० हजारमा हामी ४ सयले कृयाशिल सदस्यता पाउ“दा कहा“निर हामीले गल्ति गरेका छौ“ ।’ कांग्रेसका नगरसभापति प्रशान्त बिष्टले कांग्रेसको ईतिहास बोकेको बा“के जिल्लामा महाधिवेशन हुननसक्नुले गलत सन्देश गएको बताए ।

  • ९ आश्विन २०७८, शनिबार ०९:०४ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता