आजदेखि ईपीएल, पहिलो खेल ललितपुर र काठमाडौंबीच हुँदै - Dastabej

आजदेखि ईपीएल, पहिलो खेल ललितपुर र काठमाडौंबीच हुँदै


  • दस्तावेज

  • काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग ९ईपीएल० को चौथो संस्करण आज शनिबारदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उद्घाटन गर्न लागिएको छ ।

    पिच, मैदानको आउटफिल्डदेखि बाउन्ड्री बाहिर डिजिटल बोर्डलगायत आकर्षक बनाइएको छ ।

    ईपीएल प्रालीको आयोजनामा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । सिंगल राउण्ड रोविनको खेलहरु भएपछि क्वालिफायर हुँदै फाइल हुनेछ ।

    आजको उद्घाटन अर्थात पहिलो खेल ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स(११ बीच हुँदैछ । खेल मध्याह्न १२ बजे सुरु हुनेछ । ललितपुर साविक विजेता टोली हो ।

    पाकिस्तानका पूर्व कप्तान शाहीद अफ्रिदी पनि काठमाडौंबाट खेल्दैछन् । घरेलु क्रिकेटमा खेल्ने अफ्रिदी अहिलेसम्मकै ठूलो नाम हुन् ।

    ५० लाख पुरस्कार र ईपीएलको आकर्षक ट्रफीका लागि साविक विजेता ललितपुर प्याट्रिओट्स सहित, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौं किंग्स ११, चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

  • ९ आश्विन २०७८, शनिबार ०९:४८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार