बर्दिया । बढैयाताल गाउँपालिकाको स्वास्थ्य संस्थामा सन्चालन गरिएको कोरोनाबिरुद्धको खोप केन्द्रको कोभिड १९ बाट बच्न समुदायको क्षमता अभिबृद्धी कार्यक्रमको अनुगमन गरिएको छ ।
थारु महिला उत्थान केन्द्र बर्दियाले प्लान ईन्टरनेशनलको आर्थिक सहयोगमा सन्चालन गरेको उक्त परियोजनाको अनुगमन गरिएको हो । अनुगमनका क्रममा बढैयाताल गाउँपालिकाको सोरहवा, जमनुी, कलिका र खैरेनी स्वास्थ्य केन्द्रले सन्चालन गरेको कोरोनाबिरुद्धको खोप केन्द्रको अनुगमन गरिएको हो ।
अजुगमनपछि खोप केन्द्रको व्यवस्थापनमा थप सुधार गर्ने लक्ष्य रहेको थारु महिला उत्थान केन्द्र बर्दियाकी निर्देशक प्रिज्म सिं थारुले बताईन । अनुगमन जिल्ला समनवय समिति बर्दियाका संयोजक शंकरप्रसाद थारु, थारु महिला उत्थान केन्द्रका अध्यक्ष लिलावती चौधरी, केन्द्रका निर्देशक प्रिज्मा, बर्दिया अस्पतालका अध्यक्ष अंगद श्रेष्ठ, बदैयाताल गाउँपालिकाका स्वास्थ्य प्रमुख बिष्णु पौडेलको सहभागिता थियो ।
थारु महिला उत्थान केन्द्रले बाँसगढी नगरपालिकाबाहेक बर्दियाका ७ पालिकालाई कोरोनाबिरुद्ध लड्न डेढ करोडको स्वास्थ्य समाग्री सहयोग गरेको छ ।