अखिल डुडुवा अध्यक्षमा पुनः खेम शर्मा – Dastabej

अखिल डुडुवा अध्यक्षमा पुनः खेम शर्मा

नवनिर्वाचित संगठनका अध्यक्ष खेम लाल शर्माले पालिकामा एकीकृत अखिल नेपाल शिक्षक संगठनको गतिविधि मुभमेन्टको रुपमा सुरु भएको बताउनु भयो।


  • दस्तावेज

  • एकीकृत अखिल नेपाल शिक्षक संगठन डुडुवा गाउँपालिकाको प्रथम गाउँपरिषद् सम्पन्न भएको छ । खेमलाल शर्माको अध्यक्षता र संगठनका लुम्बिनी प्रदेश कमिटी सदस्य बद्री ढकालको प्रमुख आतिथ्यतामा श्री ज्ञानदीप मा.वि. डलैपुरमा डुडुवा गाउँपालिकाको प्रथम गाउँपरिषद् सम्पन्न भएको हो । परिषदले अध्यक्षमा खेम लाल शर्मा, सचीव हिरामनि घर्तीमगर , कोषाध्यक्ष घनी गिरी, सदस्यहरु सिवन्त राना मगर, अर्जुन भण्डारी, भिमलाल शर्मा, ओम कुमारी घर्तीमगर ,नन्दा शाही लगायतको गा.पा. कार्यसमिति पुनर्गठन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि बद्री ढकालले सहभागीहरुलाई मन्तव्यका साथ प्रशिक्षित गर्नु भएको थियो । कार्यक्रममा बाँके जिल्ला महिला बिभाग प्रमुख रुपा मल्ल , अतिथि मायालक्ष्मी धिताल लगायतले आफ्ना भनाइहरु राख्नु भएको थियो । कार्यक्रम समापन गर्दै नवनिर्वाचित संगठनका अध्यक्ष खेम लाल शर्माले पालिकामा एकीकृत अखिल नेपाल शिक्षक संगठनको गतिविधि मुभमेन्टको रुपमा सुरु भएको बताउनु भएको थियो ।

  • ९ आश्विन २०७८, शनिबार १९:३२ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ३. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ४. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ५. राप्ती नदिमा दुई जनाको शव फेला
  • ६. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ७. प्लान इन्टरनेशनल नेपाल कर्मचारीहरुलाई मुद्दा लगाउन मै व्यस्त