नेपाली कांग्रेस बाँकेको क्रियाशील सदस्यता विवाद टुंगिएको छ । आज बाँके सहित ५ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान भएको हो । बांकेको सदस्य विवरण भोलि सार्बजनिक गरिदै छ । क्षेत्र नम्बर १ का केही वडाहरुमा सदस्यताका विषयमा चरम विवाद सिर्जना हुँदा अधिवेशन नै अनिश्चित बनेको थियो । बाँकेसहित १३ जिल्लामा अधिवेशन सुरु नै हुन सकेको छैन । अब निर्वाचन समितिले निर्णय गरेर छिट्टै वडा र पालिका अधिवेशनको मिति तोक्नेछ । कांग्रेसले दसैं अघि सबै जिल्लामा वडा र पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।