बाँके । कोहलपुर नगरपालिका-९ पार्वतीपुर नजिक सडकमा लु.१ च ६९८७ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-८ पिपिरी बस्ने ३५ वर्षीय धर्मराज घर्तीको आइतबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
गाडी चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।