बर्दिया । महिनावारी भएका बेला महिलाले प्रयोग गर्ने सेनेटरी प्याडमा सरकार गरेको मुल्य बृद्धि फिर्ताको माग बर्दियाका युवाहरुले विभिन्न स्थानमा बिरोध प्रदर्शन जारी राखेका छन् । सोमबार युवाहरुले बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखर बजारमा बिरोध प्रदर्शन गरे ।
यसअघि बाँसगढी बजारमा बिरोध प्रदर्शन गरिएको थियो ।
आम युवाको अगुवाईमा भएको बिरोध पदर्शनमा (टालो हरायो प्याड आएसी, प्याड हराउदै छ कर लगाएसी) भन्ने नाराकासाथ युवाहरुले बिरोध पदर्शन गरिरहेका छन् । प्याडमा लगाएको १५ प्रतिशत कर छुट गराउँनका लागि बिरोध प्रदर्शन गरिरहेको युवाहरुले जनाएका छन् ।
युवाहरुले मैनापोखर बजारमा व्यानर र प्लेकार्डसहित करिब एक घण्टा संकेतिक बिरोध प्रदर्शन गरेका छन् ।
सरकारले प्याडमा १५ र आयतमा ५ प्रतिशत कर लगाउँदै आएको छ । सेनेटरी प्याडमा लगाएको रातो कर सरकारसंग माफ गराउनका लागि युवाहरु व्यानर र प्लेकार्डसहित संकेतिक बिरोध प्रदर्शन गरेका हुन् ।
सरकारले पुरुषले प्रयोग गर्ने कण्डम निशुल्क गरेजस्तै प्याडमा पनि निशुल्क बितरण गर्नुपर्ने बढैयाताल युवा संञ्जालका प्रचार बिभाग प्रमुख प्रबिन चौधरीको भनाई छ । बिरोध प्रदर्शनमा दुई दर्जन युवाहरुको सहभागिता रहेको थियो । बिरोध पदर्शन कार्यक्रम बर्दियाका बिभिन्न पालिका निरन्तर गर्दै जाने युवाहरुको भनाई छ ।