पशुपतिमा दैनिक पुजा गर्नुअघि शिवलिङ्गमा लगाइने शिरमाला कहाँबाट ल्याईन्छ ? – Dastabej

पशुपतिमा दैनिक पुजा गर्नुअघि शिवलिङ्गमा लगाइने शिरमाला कहाँबाट ल्याईन्छ ?


  • दस्तावेज

  • नेपालगन्ज ।  हिन्दूहरूका आराध्यदेव पशुपतिनाथको हरेक दिन नित्यपूजा हुने गर्छ। त्यसरी गरिने नित्यपूजाका विभिन्न विधिहरू निर्धारण गरिएका छन्।

    तर ती विधिहरू सुरु गर्नुपूर्व पशुपतिको शिवलिङ्गमा फूलको माला लगाइदिनु पर्छ। त्यसलाई शिरमाला भन्ने गरिन्छ।

     

    उक्त शिरमाला कहाँबाट ल्याइन्छ भन्ने कुरा रोचक रहेको बताउँछन्- संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डन।

    उनी भन्छन्, “पशुपतिनाथको नित्यपूजाका लागि चढाइने शिरमाला अहिले पनि पशुपति क्षेत्रमा अवस्थित एउटा सिखहरूको अखडा (निर्मल अखडा)बाट आउँछ।”

    धेरैलाई अचम्म लाग्न सक्ने उक्त चलन राणाकालदेखि नै चल्दै आएको उनी बताउँछन्।

    पशुपतिनाथको शिरमालासँग जोडिएको उक्त कुराले पशुपति क्षेत्रमा विभिन्न धर्मबीच सहअस्तित्व स्वीकारिएको छ भन्ने पनि देखाउने उनको तर्क छ।

     

    “निर्मल अखडा जङ्गबहादुरका छोरा जीतजङ्गले स्थापना गरेको भन्ने प्रमाण पाइएका छन्। उनैले शिरमाला त्यहाँबाट लगेर प्रयोग गर्नुपर्ने चलन पनि चलाएका हुन्,” टण्डन भन्छन्।

    राणाकालमा नेपालका राजा र राणा परिवारमा पञ्जाबका खत्रीहरूप्रति ठूलो सम्मान र लगाव रहेको टण्डनको तर्क छ।

    नेपालको दरबार र पञ्जाबका खत्रीबीच वैवाहिक सम्बन्धहरू पनि स्थापित भएका उदाहरणहरू रहेकाले त्यसैको प्रभावका कारण पशुपतिमा शिरमाला सिखको अखडाबाट ल्याउन थालिएको हुनसक्ने उनी ठान्छन्।

    “पशुपति क्षेत्रमा बाँदर धेरै लाग्ने भएकाले फूलहरू नष्ट हुने गर्थे होलान्, तर निर्मल अखडामा हेरचाहको व्यवस्था भएकाले त्यहाँका फूलहरू राम्रो हुने गरेकाले पनि त्यस्तो चलन चलाइएको हुनसक्छ,” टण्डन भन्छन्। निर्मल अखडामा फूल र बगैँचा राम्रो नहुँदा पनि उक्त चलन भने जारी रहेको उनी बताउँछन्।

     

    “म नै सदस्य सचिव हुँदाखेरि निर्मल अखडाले किनेर माला दिने र त्यसबापत कोषले पैसा दिने व्यवस्था मिलाएका हौँ,” उनी भन्छन्।  बीबीसी ।

     

  • १२ आश्विन २०७८, मंगलवार ०६:२५ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला