विद्युतीकरणको ठेक्का लाग्यो, काम सुरु भएन – Dastabej

विद्युतीकरणको ठेक्का लाग्यो, काम सुरु भएन


  • दस्तावेज

  • जाजरकोट, १२ असोज (रासस)

    बाँकेको नरैनापुरमा बिद्युतीकरण । तस्बिरःफाईल

     

    एघार केभी प्रसारण लाइन डोल्पामा पु¥याउनका लागि अघिल्लो आर्थिक वर्षमा ठेक्का भए पनि काम सुरु हुनसकेको छैन । झण्डै रु सात करोडको ठेक्का अघिल्लो वर्ष खोलिएको तर काम सुरु हुन नसकेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय कर्णालीका प्रमुख सुरेन्द्र अग्रहरिले बताउनुभयो ।

    जाजरकोट नलगाड नगरपालिकाको चौखा स्टेशनबाट डोल्पाको त्रिपुराकोटसम्म कामको ठेक्का लिए पनि काम नगर्दा समस्या भइरहेको उहाँले बताउनुभयो । झण्डै ४२ किलोमिटर लम्बाइ रहेको छ । नमूना कन्स्ट्रक्शन रामेछापले ठेक्का लिएको उहाँले बताउनुभयो । लाइन विस्तारभन्दा पहिला गरिने प्रि–कन्स्ट्रक्शन सर्भेका लागि काम भए पनि सो काम त्रुटिपूर्ण भएपछि फेरि गल्ती सच्याउन तीन महिनाअघि पत्र लेखिएको उहाँले जानकारी दिनुभयो ।

    सर्भे गर्दा गल्ती भएको ठाउँमा सच्याइ तुरुन्तै काम गर्न आग्रह गरिएको तर ठेकेदार सम्पर्कमा नरहेको प्रमुख अग्रहरिले बताउनुभयो । कोभिडको कारण देखाउँदै काम नगरेको निर्माण व्यवसायीलाई तुरुन्तै काम गर्न कार्यालयबाट ताकेता भइरहेको उहाँले जानकारी दिनुभयो ।

    जाजरकोटको नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीसम्म ११ केभी प्रसारण लाइन पुगिसकेको छ । त्यहाँबाट चौखासम्माको विद्युत् प्रसारण लाइनको कामसमेत भइरहेको छ । जाजरकोटतर्फको पूरा काम भएमा मात्र डोल्पासम्म विद्युतीकरण गर्नका लागि बाटो खुल्ने देखिन्छ । प्रदेश कार्यालयबाट त्रिपुराकोटमा सबस्टेशन निर्माण गर्ने योजना रहेको छ भने केन्द्रबाट अन्य ठाउँमा पनि भएको बताएको छ ।

    त्यस्तै जाजरकोटको बडावन र समाइलामा तिहारलगत्तै बोलपत्र हुने उहाँले बताउनुभयो । जाजरकोटको बारेकोट, कुशे र जुनिचाँदेमा लाइन विस्तारका लागि ठेकेदारको लापरबाहीका कारण काममा बाधा उत्पन्न भएको छ । केही योजना केन्द्र र केही प्रदेशबाट हुँदा काममा निगरानी कम भएको बताएको छ । एघार केभी प्रसारण लाइन छिटो डोल्पा पुगेमा त्यहाँ निर्माण हुन लागेको जगदुल्ला हाइडो«पावरको कामलाई समेत सहयोग पुग्ने देखिन्छ । अन्य सम्भाव्यता अध्ययन भइहेका भेरी ए, बी र सी आयोजनाको समेत काममा सहयोग पुग्ने अपेक्षा लिइएको छ । नलगाड नगरपालिका–७ मा निर्माण हुन लागेको ४०० केभी प्रसारण लाइनको कामलाई समेत गति दिनका लागि पहल भइरहेको बताएको छ ।

    केन्द्रबाट हुने काममा सबैभन्दा कम निगरानी हुँदा परिणाम निकाल्न समस्या भएको कर्मचारी बताउँछन् । कर्णाली प्रदेशका १० जिल्लामध्ये सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम, जुम्ला र कालिकोट राष्ट्रिय प्रसारण लाइनको पहुँचमा जोडिएका छन् । कार्यालयका अनुसार प्रदेशभर सबैभन्दा बढी रुकुम पश्चिमका ७५.२ प्रतिशत र सबैभन्दा कम जाजरकोटमा १६.१५ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा पुगकोे बताएको छ ।

    कार्यालय प्रमुख सुरेन्द्र अग्रहरीका अनुसार सुर्खेतका ४८.१६ प्रतिशत, दैलेखका ४८.७३ प्रतिशत, कालिकोटका ४३.५७ प्रतिशत, मुगुमा १९.६४ प्रतिशत र हुम्लाका २९.६९ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा रहेको छ । यस्तै सल्यानका ५२.८८ प्रतिशत, डोल्पाका २१.९ प्रतिशत र जुम्लाका १९.३ प्रतिशत घरधुरी विद्युत् पहुँचमा छन् । कर्णाली प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा कर्णालीलाई अँध्यारोमुक्त बनाउने भन्दै ‘कर्णाली उज्यालो कार्यक्रम’ सुरु गरेको थियो ।

    सडक निर्माणको गती सुस्त

    जाजरकोट–डोल्पा सडकखण्डको स्तरोन्नतिको काम सुस्त हुँदा अन्य विकास निर्माणका काममा समेत बाधा उत्पन्न भएको छ । पासागाड–रिम्ना सडकखण्डको काम सुरु गरेको दुई वर्ष भइसक्दा पनि एक मिटरसम्म कालोपत्र हुन नसक्नाले समस्या भएको छ ।

    सडकको स्तरोन्नति र विद्युत्को काम सँगसँगै भए एकले अर्कालाई बाधा नपुगी बिनाक्षति काम हुने अपेक्षा लिइएको थियो । विद्युतीकरणका लागि प्रसारण लाइन निर्माण भइसक्दा पनि तोकिएको समयमा सडक निर्माण नगर्दा प्रसारण लाइनमा समस्या ल्याउने आशङ्का गरिएको छ । जाजरकोट खण्डका ठूला पुल सडक डिभिजन चौरजहारीले निर्माण सम्पन्न गरेको र साना पुलमात्रै केही बाँकी रहेको बताएको छ ।
    –––

  • १२ आश्विन २०७८, मंगलवार ०८:३२ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश