सैनामैना दुर्घटनामा आमा–छोराको मृत्यु – Dastabej

सैनामैना दुर्घटनामा आमा–छोराको मृत्यु


  • दस्तावेज

  • बुटवल, १२ असोज (रासस), रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा आज बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना८ख ४४११ नंको ट्रकले पैदल यात्रा गरिरहेका भट्टराई आमाछोरालाई ठक्कर दिएको थियो । सो दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । “घटनाको विस्तृत अनुसन्धान हुँदैछ”, प्रहरी निरीक्षक रिजालले भन्नुभयो ।

  • १२ आश्विन २०७८, मंगलवार १०:२४ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ३. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ४. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ५. राप्ती नदिमा दुई जनाको शव फेला
  • ६. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ७. प्लान इन्टरनेशनल नेपाल कर्मचारीहरुलाई मुद्दा लगाउन मै व्यस्त